Monday, May 8, 2017

जेलमै मायाँ बसेपछि….

कमलीले डेढ बर्ष अघि आफ्ना पति चिया मजुदर विश्वेश्वर चापागाईलाई छोडेर अर्कैकी भएपछि चापागाई एकल पुरुष बने । सन्तानका नाममा मात्र एक जना ७ बर्षकी सानी छोरी इन्दिरालाई कमलीले छोडेर गएपछि इन्दिरा वेस्याहार हुन पुगिन् ।

विश्वेश्वरको खानु लाउनुको टुङ्गो त थिएन नै नावालिका इन्दिराको हाल झनै दयनीय । छोरीलाई आमाको ममताको खाँचो भएको विश्वेश्वरले महसुस गर्दै थिए, उसै बेला जीवनको रथ चलाउन सारथीको अभाव पनि खड्किदै थियो । संयोगबस विश्वेश्वर इलाम कारागार पुग्दा महिला कक्षमा थुनिएकी हिमा बस्नेतसँग उनको भेट भयो ।

जघन्य अपराधको सजाय काटिरहेकी हिमासँग सामान्य बोलचाल भयो । त्यसको पछिको दिन त उनीहरु दुवैले आफ्नो जीवन नै फेरिएको महसुस गरे । विश्वेश्वर हरेक हप्ता नियमित रुपमा हिमालाई मिठो मिठो खानेकुरा पु¥याउन आफै कारागार पुग्न थाले । दुवैको मनैमनमा प्रेम यसरी अङ्कुरायो कि उनीहरुले बैबाहिक बन्धनमा बाधिने निर्णय गरे । हिमा पनि आफु छुट्ने दिनगन्ती गर्दै बसिन् । विश्वेश्वर पनि आजकै दिन बुधबारको विहानी पर्खिएर बसे, मङ्गलबार रातभर निदाउन सकेनन्, एक बर्ष लामो प्रेमको विचमा रहेको त्यो कारागारको फलामे ढोका बुधबार जो खुल्नेवाला थियो ।

बुधबार जिल्ला कारागार कार्यालय इलामबाट छुट्ने वित्तिकै हिमालाई नयाँ लुगा पहिराइयो । त्यतिबेलासम्म विश्वेश्वर पनि नयाँ लुगामा सजिसकेका थिए । इलामका चिया मजदुरहरुले उनीहरुलाई माइस्थान मन्दिर लगे । विश्वेश्वरले माइभगवतीलाई साक्षी राखी हिमालाई हिन्दु परम्परा अनुसार सिन्दुर र पोते लगाइदिएर विधिवत विवाह गरे ।

विवाहमा इलामका युवा समाजसेवीहरु पनि उपस्थित भएका थिए । विवाह सम्पन्न भएपछि समाजसेवी तथा चिया मजदुरहरुले ग्याँस चुला, सिलिण्डर समेत किनिदिएको विवाहमा उपस्थित युवा नविन राईले बताए । कारागारमा जेल जीवन विताएकालाई समाजमा पुर्नस्थापना गर्ने प्रयास स्वरुप इलामका चिया मजदुर र युवा समाजसेवीले यस्तो प्रकारको लगन जुराएको युवा उद्यमी हरि गुरुङ्गले बताए । विवाहपछि दुवै दुलाहा र दुलहीले उपस्थितसामू खुसी साटे । चिया मजदुरीमा जीवनको महत्वपूर्ण बर्षहरु विताएका साविकको इनपा ९ का विश्वेश्वर चापागाई दम्पतीले सानी छोरी इन्दिरालाई फुलजस्तै हुर्काउने प्रतिबद्धता जनाएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment