प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहँदा गच्छदार प्रचण्ड सरकारमा सहभागि भएका हुन् । स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न भएलगत्तै सरकारको नेतृत्व परिवर्तन गर्न प्रमुख दुर्इ दल नेपाली कांग्रेस र एमाले सहमत भइसकेका छन् ।
२०४८ सालमा गिरिजाप्रसाद कोइराला सरकारमा सञ्चार राज्यमन्त्रीबाट सरकारमा प्रवेश भएका गच्छदार तीन पटक उपप्रधानमन्त्री बनिसकेका छन् । २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गच्छदार निर्माण तथा यातायात मन्त्री थिए ।
२०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकार र ०५५ सालमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पनि गच्छदार निर्माण तथा याताथाय मन्त्री थिए ।
२०५६ सालमा बनेको कृष्णप्रसाद भट्टरार्इ नेतृत्वको सरकार र २०५८ सालमा बनेको देउवा नेतृत्वको सरकारमा गच्छदार जलस्रोत मन्त्री थिए ।
२०६५ सालमा प्रचण्ड नेतृत्वमा बनेको सरकार र ०६६ मा बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारका गच्छदार भौतिक योजना तथा निर्माणमन्त्री बनेका थिए । २०६८ सालमा बाबुराम भट्टराईको नेतृत्वको सरकारमा गच्छदार उपप्रधान एवं गृहमन्त्री बनेका थिए ।
२०७२ सालमा बनेको केपी ओली नेतृत्वको सरकारमा गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री थिए । प्रचण्ड सरकारमा उनी उपप्रधान सहित स्थानीय विकास मन्त्री बनेका छन् ।
भौतिक पूर्वाधार मन्त्रालय उनको मुख्य रोजाइको मन्त्रालय हो । मन्त्री बनेको समयमा गच्छदारले आफ्नो निर्वाचन क्षेत्रमा १४ वटा पुल पारेका थिए ।
मधेश केन्द्रीत दलका नेताहरु गच्छदारलाई सत्ताका लागि गच्छदार ‘पानी बिनाको माछो’को संज्ञा दिन्छन् ।
सत्ताका लागि मरिहत्ते गरेको भन्दै पहिलो संविधान सभाको कार्यकालमा संसदको बैठकमै मधेश केन्द्रीत दलका नेताले गच्छदारलाई ‘लोक सेवा पास गरेको मन्त्री’ को संज्ञा दिएका थिए ।
लामो समय नेपाली कांग्रेसमा राजनीति गरेका गच्छदार २०६४ सालको चुनावको पूर्वसन्ध्यामा गच्छदार मधेशी जनअधिकार फोरममा प्रवेश गरेर चुनाव जितेका थिए ।
माधवकुमार नेपाल नेतृत्वको सरकारमा सहभागिता जनाउन गच्छदारले फोरम विभाजन गरेर लोकतान्त्रिक फोरम गठन गरेका थिए ।
२०७० को चुनावमा नेकपा एमालेकी उम्मेदवारसँग झिनो मतअन्तरले विजयी भएका गच्छदार केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री थिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment