Monday, May 29, 2017

प्रहरी भन्छ भरतपुरमा मतपत्र च्यात्ने मा‍‌‌‌अोवादी हाम्रा जवान कुट्ने एमाले

काठमाडौं, जेठ १५ – नेपाल प्रहरीले चितवनको भरतपुर महानगरपालिकाको मतगणना भइरहेको ठाउँमा मतपत्र च्यात्ने नेकपा माओवादी केन्द्रका कार्यकर्ता नै रहेको स्पष्ट पारेको छ ।

नेकपा माओवादी केन्द्रका प्रतिनिधिका रुपम मतगणनास्थलमा रहेका भरतपुर महानगरपालिका–१ रामनगर बस्ने ३६ वर्षे मधु न्यौपाने र राष्ट्रिय महाधिबेशन आयोग समितिका अध्यक्ष भरतपुर महानगरपालिका–११ बसेनी बस्ने ४३ वर्षे द्रोण सिवाकोटी रहेका प्रहरीले स्पष्ट पारेको हो । उनीहरुलाई मतपत्र च्याते पश्चात सोमबार राति नै पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

माओवादी र कांग्रेस गठबन्धन तथा नेकपा एमालेले मत पत्र च्यातेको आरोप एक अर्कालाई लगाई रहेको बेला प्रहरीले मतपत्र च्यात्ने माओवादी कार्यकर्ता नै रहेको स्पष्ट पारेको हो ।

यस्तै मतपत्र च्यातेपछिको विवादमा प्रहरीमाथि हातपात गरेको आरोपमा नेकपा जिल्ला कमिटी सदस्य चितवन भोजाड बस्ने ४५ वर्षे गंगालाल लामालाई समेत पक्राउ गरिएको प्रहरीले स्पष्ट पारेको छ ।

मतपत्र च्यातिएपछि भरतपुरको मतगणना १७ गतेसम्मका लागि रोकिएको छ र त्यसबारेमा निर्वाचन आयोगले समिति गठन गरेर छानविन सुरु गरेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment