Saturday, May 13, 2017

नेपाली सेनाले पोखरामा भेटिएको प्रेसर कुकर बमलाई डिस्पोजल पार्दै गर्दा देखियो यस्तो भयानक दृश्य ,हेर्नुहोस भिडियोमा

पोखरा लेखनाथ महानगरपालिकाकाको सभागृहमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाले निस्क्रिय पारेको छ। शनिबार बिहान कालो झोलामा तार निस्केको अवस्थामा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बमलाई नेपाली सेना कालीभञ्ज्याङ गणको डिस्पोजल टोलीले करिब साढे १ घण्टामा निस्क्रिय पारेको हो। झोलामा भएको बमलाई पोखराको सभागृह चोकमा डोरीले तानेर लगेको थियो। बम सभागृह चोकमा वरपर बालुवाले घेरेर डिस्पोज गरिएको थियो।

कुकर भित्र सकेट बम भएको आशंकामा घेरेर डिस्पोज गरेका नेपाली सेनाले जनाएको छ। बम राखेको आशंकामा पृथ्वीचोकस्थित शरणार्थी क्याम्पमा बस्ने टांसी वाङदी लामालाई प्रहरीले पक्राउ गरेको छ। यसअघि हिजो साँझ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ स्थित ताल बाराही स्कुलमा सुतली बम विस्फोट भएको थियो।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment