Tuesday, May 23, 2017

प्रचण्डले राजीनामा दिने दिन संसदले बनायो रकेर्ड ! एकै दिन तीनपटक सर्यो बैठक

काठमाडौँ, ९ जेठ । व्यवस्थापिका–संसद्को बैठक एकपछि अर्का गर्दै सरेको छ । आज बिहान ११ बजेका लागि तय गरिएको बैठक १३ बजे हुँदै अपराह्न १५ बजेका लागि सरेको थियो ।

प्रमुख दलबीच संसद् चलाउने विषयमा सहमति हुन नसकेपछि संसद् सचिवालयले एकपछि अर्को गर्दै बैठक सरेको छ । सचिवालयले पुनः १७ः०० अगाडि सूचना प्रकाशित गर्दै बैठक सरेको जानकारी दिएको छ ।

संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बर्खे अधिवेशनका रुपमा सोमबारदेखि सुरु भएको बैठकको आजको कार्यसूचीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने भन्ने रहेको छ ।



स्थानीय तहको सङ्ख्या वृद्धिको विषयमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक अवरोध गर्ने जनाएको छ । दलहरुबीच सहमति जुटाएर संसद् सञ्चालन गर्ने विषयमा संसद् भवन नयाँबानेश्वरमा दलहरुबीच छलफल भए पनि हालसम्म कुनै निष्कर्ष निस्कन गरेको छैन । रासस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment