Wednesday, May 3, 2017

“दिनदहाडै राजधानीको विद्यालयबाट ५ विद्यार्थी अपहरण”

“काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेका छन् ।”

काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेका छन् ।

स्कुल लाग्नु केही मिनेटअघि कम्पाउन्ड बाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए । मुखमा माक्स र हातमा पञ्जा लगाएर आएका तीन जना अपहरणकारीले विद्यार्थीलाई मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमुल पुर्याएका थिए ।


कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुभास खड्का, निशान्त चौधरी, रत्नेशकुमार जैसवाल र दीपक जैसवाललाई उनीहरुले अपहरण गरेर लगेका थिए । २० देखि २५ उमेर समूहका ती अपहरणकारीले कलिला विद्यार्थीलाई अपहरण गरेर लैजाने क्रममा थापाथली पुर्याएपछि मन्सुरी अपहरणकारीको हातमा टोकेर भाग्न सफल भए पनि अन्य ४ जनालाई भने सँगै लगेका थिए ।

उनीहरुले अपहरणमा परेका बालकलाई केही नबोल्न चेतावनी दिएका थिए । उनीहरूले ती बालकलाई शंखमुलमा रहेको पुलमा पुर्याएका । एकान्त ठाउँ खोज्दै ती बालकहरुलाई पुलबाट पारी लैजान खोजेपछि एक विद्यार्थी हेल्प मी भनेर चिच्याएपछि स्थानीयहरु ती विद्यार्थीतर्फ अघि बढेका थिए । त्यसपछि अपहरणकारीहरु बच्चाहरु छोडेर भागेका थिए । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment