Tuesday, May 2, 2017

धुर्मुस–सुन्तलीकी आमा उपमेयरकी उम्मेदवार

ललितपुर। चर्चित कलाकारद्धय एवं पुनःनिर्माणमा ख्याती कमाउन सफल जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जनी घिमिरे (सुन्तली)की आमा स्थानीय तह निर्वाचनमा उपमेयरकी उम्मेदवार बनेकी छिन्। धुर्मुसकी सासुआमा तथा सुन्तलीकी आमा सिता माओवादी केन्द्रका तर्फबाट उपमेयरमा उम्मेदवार बनेकी हुन्।

सिता ललितपुरको गोदावरी नगरपालिकाका लागि उम्मेदवार बनेकी हुन्। सिता स्थानीय तहमा चर्चामा रहे पनि उनी धुर्मुस सुन्तलीमार्फत बढी चिनिँदा बधाइ तथा शुभकामनाका ओइरो लागेको बताइन्छ।

माओवादी नेता बर्षामान पुन ललितपुरबाट निर्वाचित हुँदा उनलाई जिताउन सीताले अहं भुमिका निर्वाह गरेको बताइन्छ। त्यस क्षेत्रमा लोकप्रिय रहेकी सीता उमेद्वार बनाउँदा पार्टीले नै जीत्न सक्ने विश्लेषण पछि उनलाई उमेद्वार बनाइएको बताइएको छ।

पछिल्लो समय लोकप्रियताको शिखरमा रहेका धुर्मुस सुन्तलीको ब्राण्ड नाम पनि जोडिने उनीहरु पनि आमाको नाममा मत माग्न आउन सक्ने र त्यसले जीतलाई सजिलो हुने विश्लेषण पछि माओवादीले उनलाई उमेद्वार बनाएको माओवादी स्रोत बताउँछ ।

विश्लेषण गर्न थालिएको छ– जब छोरी त यत्तिकै सक्षम छिन् भने उनकै आमा कत्तिको इच्छाशक्ति भएकी होलिन्। आमा चुनावी मैदानमा होमिदा नयाँ अभियानको प्रचार प्रसारका क्रममा धुर्मुस-सुन्तली भने जापान भ्रमणमा रहेका छन्।

७५ जिल्लाका बिभिन्न जातजातीका एक गरीव परिवारलाई ल्याएर एउटै बस्ती भित्र राखिने अभियान अर्न्तगतको एकिकृत नमुना नेपाल बस्ती निर्माण गरि हिमाल ,पहाड र तराईलाई एकै ठाँउमा जोड्ने उनीहरुको सपना छ।

धुर्मुस-सुन्तली भुकम्पपिडितका लागि वस्ती बसाउने र मुसहरहरुका लागि एकिकृत बस्ती बसाउने कार्यका कारण संसारभर रहेका नेपालीहरुमाझ पछिल्लो समय थप लोकप्रिय र चर्चामा रहेका छन् !

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment