Friday, May 12, 2017

प्रचण्डपुत्री जिताउन माओवादीसँग तालमेल गरेकोमा मृदुला कोइरालाको कडा विरोध पार्टी सभापति देउवालाई प्रश्नै प्रश्नले प्रहार

काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसकी नेतृ मृदुला कोइरालाले कांग्रेस र माओवादी केन्द्रबीच भएको चुनावी तालमेलको कडा शब्दमा विरोध गरेकी छन् ।


कांग्रेसमा कोइराला परिवारकी चेली एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जनसम्पर्क सल्लाहकार समेत रहिसकेकी मृदुलाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस माओवादी गठबन्धनको विरोध गर्दै पार्टी नेतृत्वमाथि कडा प्रश्न तेस्र्याएकी छन् ।

उनले प्रश्न गरेकी छन्– ‘यो कस्तो गठबन्धन, कार्यकर्तालाई यो कत्रो धर्मसंकट ? मुक्तिनाथ अधिकारी लगायत कांग्रेस भएकै कारण मारिएका तमाम सहिदका परिवारलाई के जवाफ दिने होला ? के साच्चिकै नेपाली कांग्रेसको समाजवाद र आर्दश अब माओवादीको विचारधारतर्फ पिछलग्गु भएकै हो त ? यसबेला विपी, गणेशमान र किसुनजीहरु के सोचिरहेका होलान ?’

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महिला आरक्षणतर्फ केन्द्रीय सदस्यमा लडेकी मृदुला झिनो मतले पराजित भएकी थिइन् । हाल उनी पार्टीमा त्यति सक्रिय छैनन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment