तर एमालेको कोटेश्वरस्थित ३ नम्बर प्रदेश सम्पर्क कार्यालयमा पड्कापड्की जारी नै रह्यो । यसरी अभिनेता राजेश हमालका कारण एमालेहरु टेबुल ठोक्ने अवस्थामा पुगेको कारणचाहीँ एउटा वडाध्यक्षको टिकटका लागि मात्र थियो ।
कपुरधारा अर्थात काठमाडौं महानगरपािलका साविकको २९ र अहिले कायम २६ नम्बर वडामा वडाध्यक्षका दुई दाबेदार थिए, अर्जुनलालाल प्रधान र निमा गुरुङ ।
यसमध्ये पार्टी केन्द्रिय सदस्यसमेत रहेका अर्जुनलाललाई अष्ट आफैले अघिल्लो दिन भोलीको मनोनयनमा जाने गरी तयार हुन भनेकी थिइन् । पर्टीको पत्रसाथ निर्वाचन कार्यालयमा गएर नोमिनेशन गर्न भनी कोटेश्वर पुगेका अर्जुनलाल त्यतिबेला छक्क परे जतिबेला अष्टलक्ष्मी बातैपिच्छे हुँदैन, हुँदैन भन्दै कराउन थालिन् ।
स्थानीय कार्यकर्ता भन्दै थिए । अर्जुनलाल नहुने भए निमाको नाममा सही गरेर चिठी दिनुस् । त्यसमा पनि अष्टले ‘हुँदैन हुँदैन’ भनिन् । ‘अनि के हुन्छ त ?’ भनेर कार्यकर्ताले पाखुरै सुर्किन थालेपछि भनिन्, ‘राजेश हमाल रिसाउँछ बा, यो मेरो बाध्यता हो ।’
अर्थात कपुरधारामा अभिनेता राजेश हमालको घरसँगै घर भएका देवेन्द्र रिमाललाई टिकट दिनका लागि हमाल आफैंले लविङ गरेका रहेछन् । उनले पार्टी अध्यक्ष केपी ओलीलाई मनोनयन पत्र दर्ता गर्ने दिन बिहान मात्रै पाँच पटक फोन गरिसकेका रहेछन् । ओलीले आफूले अष्टलक्ष्मीलाई भनिसकेको भन्दै उनीसँग सम्पर्क गर्न भने ।
राजेशले अष्टलाई फोन गरेर ‘म्याडम भएन?’ भन्दै अत्याइरहेका थिए । अष्टले शुरुमा त ‘गाह्रो छ मलाई, एकदमै गाह्रो भयो’ भनिन् । तर फेरी राजेशले केपीलाई यही कुरा भनेर अष्टको मोबाइलमा केपीको फोन गराए ।
वास्तवमा अष्ट आफैंचाहिँ अर्जुनलाललाई नै दिने पक्षमा थिइन् । केपीले ‘राजेश हमालजत्तिको मान्छेले भनेपछि किन नाइँनास्ती गर्नु ? भोली उनीजस्तो मान्छे हाम्रो पक्षमा आउँदा, प्रचारमा हिँड्दा त्यसले अर्कै शन्देश दिन्छ । त्यसैले हाम्रा साथीहरुलाई सम्झाएर पठाउनुस् टिकट उहाँले भनेको रिमालजीलाई नै दिनुस्’ भने ।
अष्टले यो कुरा त्यहाँका कार्यकर्तालाई सुनाइन् । तर उनीहरुले मानेनन् । सिफरिसमा परेकी निमा २०५४ मा वडासदस्य जिलेकी सक्रिय कार्यकर्ता हुन् भने, अर्जुनलाल त केन्द्रीय सदस्य नै भैहाले । देवेन्द्र रिमाल चाहिँ सामान्य समर्थक मात्र हुन् । निर्वाचनको लहर आएपछि पार्टीको संगठित सदस्यता नवीकरण गरेका थिए । उनी कुनै पनि कमिटीमा छैनन् । – जनआस्था साप्ताहिक
साभार :- दैनिक नेपाल डटकम बाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment