Tuesday, May 23, 2017

पञ्चायतकालमा स्वतन्त्र निर्वाचित हुँदै महानगरको मेयरसम्म

जेठ १०, काठमाडौं – चिरीबाबु महर्जन, २०४७ सालमा काँग्रेस पार्टीमा आवद्ध भए । उनी यो भन्दा पहिला तीन पटक ३ नम्बर वडाको वडाध्यक्ष भएर काम गरीसकेका छन् ।

पंचायतकालमा दुई पटक र बहुदल कालमा एकपटक । पहिलो पटक वडाध्यक्ष हुदा ललितपुरको पाटन क्याम्पसमा विकममा पढ्दै थिए ।


उनले पुराना दिन सम्झदै भने ‘पहिलो पटक वडा अध्यक्ष हुदा क्याम्पसमा पढ्दै थिए । पंचायतमा स्वतन्त्र भएर पनि निर्वाचन जितेको हुँ ।’

‘म ललितपुर महानगरपालिकालाई समृद्ध बनाउने छु । नगरबासीहरुलाई सहज र सुलभ तरिकाले सेवा दिने छु ।’  हामीसँगकुरा गर्दै उनले भने, ‘हरदम नगरबासीको सेवामा समरप्रित रहने छु ।’

चिरीबाबु महर्जन विस २०१४ साल मंसिर १६ गते ललितपुरको पुल्चोकमा जन्मिएका हुन । २०३२ सालमा त्रिपद्धम माविबाट दोस्रो श्रेणीमा एसएलसी पास गरेका थिए । २०४२ सालमा एमकम ।

उनी ज्यापु समाजका संस्थापन सदस्य हुन । २०५९ देखी ०६३ सालसम्म ज्यापु समाजका अध्यक्ष भए । विभिन्न संघसंस्थासंग आवद्ध पनि छन् । उनी त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा प्रोजेक्ट मेनेजर भएर काम गरे ।

उनका दुई छोरी र एक छोरा छन् । छोरा अमेरीकामा मेकानीकल इन्जीनियर छन् । छोराबाट एक नाती पनि छन् ।

उनै चिरीबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा विजयी भएका छन् ।

स्रोत रातोपाटी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment