Saturday, May 13, 2017

जागिरेलाई बिना धितो १५ लाख रुपैयाँसम्म बैंकले ऋण दिँदै, तलव बैंक खाताबाट थाप्नु पर्ने

काठमाडौं। जागिरे हुनुहुन्छ तर बैंकबाट ऋण लिन कुनै धितो छैन भने पनि अब तपाईका ‘टेन्सन’ का दिन सकिए। बैंक तथा वित्तीय संस्थाले जागिरेलाई बढिमा १५ लाख रुपैयाँसम्म बीना धितो ऋण उपलब्ध गराउँछन्।

तर ऋणका केही सर्तहरु भने छन्।

बैंकहरुले यस्तो ऋण आफूले काम गर्ने संस्थाले दिएको तलब सुविधाको प्रमाणित कागजात, ऋणको पृष्ठभूमि र काम गर्ने कम्पनीले गरिदिएको सिफारिसका आधारमा दिन सक्ने छन्। यस्तो ऋणको किस्ता नियमित आम्दानीबाट सोझै काट्छ।

जागिरे भएकै भरमा भने ऋण पाइँदैन। तपाईले जागिर खाएको कार्यालयको तलवी खाता बैंक तथा वित्तीय संस्थामा हुनु पर्छ। नियमित तलव भुक्तानी गर्ने कम्पनीका कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले बढिमा १५ लाख रुपैयाँसम्म बीना धितो ऋण उपलब्ध गराउँछन्।

‘राष्ट्र बैंकले यस्तो खालको ऋणमा बैंकहरुलाई केही नीतिगत सहुलियत दिएको छ। त्यसैका आधारमा बढिमा १५ लाख रुपैयाँसम्म ऋण दिन सकिन्छ’ प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बिजमाण्डूसँग भने, ‘लगानी सुरक्षाका लागि बैंकहरुले तलवी खाता भएका कम्पनीका कर्मचारीहरुलाई यस्तो ऋण दिइरहेका छन्।’

नेपाल राष्ट्र बैंकले आफ्नो सम्पति नभएका, भाडामा बस्ने तर नियमित आम्दानी भएकाहरुले पनि ऋण पाउन् भनेर यस्तो ब्यवस्था गरेको हो। राष्ट्र बैंकले जुन बैंकमा तलबी खाता भयो त्यही बैंकबाट ऋण लिनु पर्ने वाध्यताकारी व्यवस्था भने गरेको छैन। तर बैंकहरुले ऋणको सुरक्षाका लागि तलवी खाता भएका कम्पनीका कर्मचारीलाई मात्र ऋण दिएका हुन्।

बैंकहरुको यस्तो ऋण दिने आआफ्नै सिद्धान्त छ। कुनै बैंकले मासिक तलवको दुई गुणादेखि १५ लाख रुपैयाँसम्म ऋण दिने गरेका छन्। १५ लाख रुपैयाँ नै दिने बैंक भने निक्कै कम छन्। कम्पनीको विश्वसनीयताका आधारमा मात्र कुनै कुनै बैंकले निश्चित कम्पनीका कर्मचारीलाई १५ लाख रुपैयाँसम्म उपलब्ध गराउने गरेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुले पर्सनल ग्यारेन्टीमा यस्तो ऋण दिने गर्छन्। बैंकहरुले नियमित आम्दानी हुनेहरुलाई बिनाधितो ऋण दिन थालेकाले तलवी खाता खोल्नेको संख्या पनि बढ्दै गएको बैंकरहरुको विश्लेषण छ। यस्तो ऋण ब्यक्तिगत तथा सामूहिक जमानीमा प्राप्त हुन्छ।

‘शहरमा घर नभएकै कारण नियमित तलव सुविधा भएकाहरुले पनि बैंकबाट ऋण लिन पाएका थिएनन्। उनीहरुलाई लक्षित गरी १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको थियो।

बैंकहरुले यस्तो ऋण आफूले काम गर्ने संस्थाले दिएको तलब सुविधाको प्रमाणित कागजात, ऋणको पृष्ठभूमि र काम गर्ने कम्पनीले गरिदिएको सिफारिसका आधारमा दिन सक्ने छन्। यस्तो ऋणको किस्ता तथा ब्याज बैंक तथा वित्तीय संस्थाले ग्राहकको नियमित आम्दानीबाट सोझै काट्छ।

Bizmandu.com बाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment