Tuesday, May 23, 2017

दमौलीको दुई घरमा ढुंगाको वर्षा हुन थालेपछि…

दमौलीः व्यास-२ मालपोत लाईन नजिकैका दुई घरमा बिहान अचम्मको दृश्य देखियो। विहान सबेरै एक घरको सटर अनि अर्को घरको छानामा एकाएक ढुंगा बजारिन थाले। ढुंगा पालैपालो ढुंगा खस्न थाले पछि घरवाला आश्चर्यमा परे। यताउता हेरे ढुंगा हान्ने मानिस कोही भेटिन्न्।

घटना वरपर छिमेककाले थाहा पाइहाले । घटनाबारे थाहा पाउनासाथ वरिपरि मानिस जम्मा हुन थाले पनि ढुंगा आउने क्रम अझै रोकिएन।

करिब चार बजेबाट शुरु ढुंगा प्रहारको अनौठो श्रृंखला करिब आठ बजेसम्म आइपुग्दा घर वरपर ढुंगाको सानोतिनो रास नै जम्मा भएको थियो।

होटल व्यवसाय गर्दै आएकी सुकु गुरुङले विहानैदेखि यस्तो घटना भएको बताइन्। प्रत्यक्षदर्शी शिव मिश्रले आफुले पनि सटरमा ढुंगा लागेको देखेको बताउनुभयो। दिनभर मानिस जम्मा हुने क्रम चलिरहेको थियो।

ढुंगा के कसरी आयो भन्ने बारेमा भने कसैले केही बताउन सकेका छैनन्। केहीले यसलाई भुतको घटनासँग जोडेर व्याख्या पनि गरेका छन्।

घरमा तान्त्रिकहरु समेत पुगेका थिए। तर युवा वैज्ञानिक विकल्प ढुंगाना गुरुत्वाकर्षण शक्तिका कारण यदाकदा यस्ता घटना दोहोरिने बताउनुभयो।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment