“अब म तिम्रो साथमा बस्न सक्दिन,
म दिक्दार भइसके तिम्रो साथमा बस्दा बस्दा ,
म घर छोडेर जादैछु संधैको लागि ”
र त्यो कागजलाई उनले एउटा टेबलमा राखिन अनी जब उसको पति आउने समय भयो तब पतिको प्रतिक्रिया बुझ्नको लागि उनी टेबल मुनि लुकिन । पति आएर टेबलमा राखिएको कागज पढ्न थाल्यो केहिबेर को मौनता पछि उसले त्यो कागजमा केही लेख्यो अनि त्यही टेबलमा राख्यो त्यसपछी उ खुशिले उफ्रदै कराउन थाल्यो , गित गाउन थाल्यो , डान्स गर्न थाल्यो केहिबेरपछि कपडा बदल्न गयो अनी उसले आफ्नो फोनबाट कसैलाई फोन लगायो र भन्यो – “आज बाट म मुक्त भए, सायद मेरी मूर्ख पत्निलाई थाहा भयो कि उ मेरो लायकको थिइन त्यसैले उसले आज मलाई संधैको लागि छोडेर गइ अब म स्वतन्त्र छु तिमिलाई भेट्नको लागि म आउदैछु कपडा बदलेर तिमी तयार भएर मेरो घर छेउको पार्कमा अहिले नै आउ” यती भनेर पति बाहिर निस्कियो अनी गहभरी आँशु खसाल्दै पत्नी टेबलको मुनिबाट निस्किइन र काप्दै गरेको हातले त्यो कागज टिप्दै पढ्न थालिन ,
जसमा लेखिएको थियो “तिमी लुक्दा टेवलको तलबाट खुट्टा देखिरहेको छ ,
म नजिकैको पार्कको छेउमा रहेको पसलबाट ब्रेड लिएर आउदैछु तबसम्म चिया बनाइहाल्नु ल ?
मेरो जिन्दगीमा खुशी तिम्रो साथ निभाउनुमा छ आधा तिमिलाई सताउनुमा छ , आधा तिमिलाई मनाउनुमा छ ।
तपाइलाई यो कथा मन परे साथीको लागि सेयर गर्नुहोस:
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment