Sunday, May 7, 2017

यौन ब्यबसायी युवतीहरु र रत्नपार्कको यस्तो छ जिवन्त वास्तविक कथा

नेपालको राजधानी काठमाडौँको मुटु रत्नपार्क यौन ब्याबसायी युवतीहरुको अखडा बन्दै आएको छ। बिगत पचासौ वर्ष अगाडी देखि उनीहरुले आफ्नो ब्यबसायको केन्द्र रत्न पार्कलाइ नै बनाउदै आइरहेका छन। तेह्र चौद बर्षको किसोरी देखि चालिस पचास बर्षको आधा बैसै उमेरका महिलाहरु उक्त ब्यबसायको निम्ति रत्नपार्कमा ग्राहकको खोजीमा भौतारिएको राम्रो संग देख्न पाइन्छ।

खास उनीहरु बिस देखि तिस जनासम्मको संख्यामा दैनिक उनीहरुलाई उक्त ठाउँमा देख्न पाइन्छ। कोहि चार पाँच जनाको ग्रुपमा गफ गरिरहेको देखिन्छ भने कोहि ग्राहकसंग मोल तोल गर्दै बार्गेनिङ गरिरहेको हुन्छन भने कोहि अहिलेको बसपार्क देखि रत्नपार्कको पुलको मुख सम्म ग्रहाकको खोजीमा ओहोर दोहोर गरिरहेको भेट्न सकिन्छ। त्यो एरियामा प्रसासनले पनि खुला छोडेको जस्तै महसुस गर्न सकिन्छ किनकि त्यहाँ उनीहरु खुलेआम निर्धक्कसंग आफ्नो क्रियाकलाप गरिरहेका हुन्छन।

रत्नपार्कको खास खास ठाउँचै उनीहरुको अखडा हुने गरेको छ त्यो ठाउँहरु रत्नपार्कको सार्बजनिक सौचालय वरिपरि, रत्नपार्कबाट पारि जाने अन्डर ग्राउण्ड बाटोको गेट वरिपरि त्यहाँ देखि बस पार्क जाने ठाडो लाइन, लहरै सडकको बारहरुमा र बसपार्क छिर्ने ठाउँको सार्बजनिक सौचालय वरिपरि उनीहरुको खास खास अखडा रहेने गरेको छ। उक्त ठाउँमा कसैले जानेर होस् या नजानेर फोटो भिडियो खिचेको देखेमा उनीहरु सिधै आक्रमण गर्न आउँछन एक जना मात्र हैन सबै धुरिएर गालि ग्लोज गर्दै आक्रमण गर्छन।

त्यो ठाउँहरुमा उनीहरु ग्राहक पर्खन्छन र मोल तोल यानिकी बार्गेनिङ गर्छन र पैसा पनि त्यहिँ लुकाएर लिन्छन र सिधै ग्राहक पछि लगाएर बागबजार एरियाको होटल गेस्टहाउसहरु, पुरानो बसपार्क जहाँ अहिले भ्युटावर बन्दैछ त्यसको वरिपरिको होटल गेस्ट हाउसहरुमा सिधै लाने गर्छन र काम सके पछि फेरि आफ्नो पुरानै ठाउँमा आउँछन् र फेरि अर्को ग्रहको पर्खाइमा रहन्छन। अनुमान गर्दा उनीहरुको होटल मालिकहरु संग राम्रो कन्ट्याक हुन्छ यानिकी पैसाको राम्रो सहमति भै सकेको हुन्छ या मिले मतोमा काम गारी राखेको हुन्छ।

साभार :-onlineharpal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment