Friday, May 26, 2017

अचम्मै भयो ! शवको अन्तिम दाहसंस्कार गरेपछि मान्छे त जिउँदै

काठमाडौं, १३ जेठ । साउदी अरबमा दुर्घटनामा परेर ‘ज्यान गुमाएका’ भनिएका भोजपुर काउलेका सुवास तामाङको ‘क्षतविक्षत शव’ घर आइपुग्नासाथ परिवारले रित अनुसार अन्तिम संस्कार गर्‍यो ।

मृतकका परिवारले क्षतिपूर्ति र बिमा रकम पनि बुझे । तर, तिनै सुवास शुक्रबार अपरान्ह काठमाडौं आइपुगेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

अझ रोचक कुरा त जातीय रितअनासर उनलाई फेरि न्वारान र बिहे गरेर मात्र परिवारमा स्वागत गरिँदै छ। सुवास जसोतसो जन्मभूमि आइपुगेका छन्। तर जातीय रितमा उनी ‘मरिसकेका’ छन् ।

उनलाई अब भोजपुर जन्मस्थल लगेर फेरि न्वारान गरिदैछ । अनि मोरङ लक्ष्मीमार्ग ल्याएर बिहे । यति रित पुर्‍याएपछि मात्र उनलाई नाबालक छोराछोरी र श्रीमतीसँग भेट्न दिइनेछ। करिब तीन वर्षअघि सुवास साउदीको जेद्दा नजिकै सडक दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परेका अर्कैको शव सुवासको भन्दै नेपाल पठाइएको थियो। उनले भने त्यसपछि आफ्नो आगत विगत भुलेका थिए । ‘नसोचेकै कुरा भयो। दाजु सडक दुर्घटनामा परेर घटनास्थलमै मरेको भन्दै साउदी अरेबीया सरकार, त्यहाँको अस्पताल र रियादको नेपाली दूतावासले पनि लिखित मुचुल्कासहित शव नेपाल पठाएको थियो’, विमानस्थलमा दाजु लिन आएका भाई अम्बर तामाङले भने,‘ शव क्षत विक्षत भएकाले पहिचानका लागि बढी खोजी गरिएन । विश्वासको भरमा दाजुको अन्तिम संस्कार गरेका हौ ।’

त्यतीबेलै वैदेशिक रोजगार प्रवर्धन बोर्डले सुवासकी श्रीमती सन्तोषी र नाबालक दुई छोराछोरीका लागि क्षतिपूर्ति रकम दिएको थियो । ९ जुलाई २०१५ मा ट्याक्सी दुर्घटनामा घटनास्थलमै तीन र भोलिपल्ट अस्पतालमा एक नेपालीको मृत्यु भएको थियो ।

एक कामदारको भने अनुहार चिनिनै नसकिने अवस्थामा अस्पतालमा उपचार भइरहेको थियो । ती उपचार भइरहेका व्यक्ति ट्याक्सी चालक बागलुङका तेजेन्द्र भण्डारी भन्ने प्रारम्भीक रिपोर्ट भए पनि वास्तवमा तीनै सुवास रहेछन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment