Thursday, May 4, 2017

के महाअभियोग टुंगो लाग्ला ? सभामुख सहित प्रचण्ड, देउबा र ओलीबीच बैठक शुरु

काठमाडौं, २२ वैशाख । महाअभियोग प्रस्तावबारे टुंगो लगाउन सभामुख ओनसरी घर्तीसहित ठूला तीन दलका शिर्ष नेताको बैठक सुरु भएको छ ।

सभामुख घर्तीको पहलमा संसद भवन बानेश्वरमा सुरु भएको बैठकमा प्रधानन्यायाधीश सुशिला कार्कीमाथि संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव कसरि टुंग्याउने भन्नेबारेमा छलफल हुने सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

एमाले राप्रपा लगायत विपक्षी दलले महाअभियोग कुनै पनि हालतमा अघि बढ्न नदिने बताएपछि बिहीबारको संसद बैठक बस्दै नबसि स्थगित गरिएको थियो । शुक्रबार बिहान १० बजेका लागि बोलाइएको बैठक बस्नुअघि महाअभियोगबारे सहमति खोज्न सभामुखले शिर्ष नेताको बैठक बोलाउनुभएको हो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment