Wednesday, May 24, 2017

सुनसरीमा जब बेहुला हेलिकप्टर लिएर बेहुली लिन पुगे ! नेपालमा पनि यस्तो हुन थालेछ

हाम्रै नेपालमा बेहुला हेलिकप्टर लिएर बेहुली लिन बेहुलीको घर पुगे भन्दा अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । इटहरीमा रहेर भिआइपी सेक्युरिटी गार्ड सर्भिस सञ्चालन गर्दै आएका लहेरु चौधरीले आफ्ना एक मात्र छोराको विवाह हेलिकप्टर चार्टर गरेका छन् ।आइतबार सम्पन्न विवाहमा सुन्दर–हरैंचाको गोकुलम रिसोर्टछेउ चरिगुवाबाट उनका कान्छा छोरा अमृत चौधरी बेहुली लिन हेलिकप्टर लिएर सुनसरीको तनमुना–६ पुगेका थिए ।

चौधरी समुदायमा पहिलोपटक हेलिकप्टरमा बेहुला–बेहुली लिन पुग्दा हेलिकप्टर र बेहुला हेर्नेको बाक्लै भीड लागेको थियो ।व्यवस्थापनमा स्नातक सकेका अमृतले सोही विषयमा डिग्री सकेकी लता चौधरीसँग हेलिकप्टर चार्टर गरेर चौधरी परम्पराअनुसारै विवाह गरेका हुन् ।हेलिकप्टर चार्टर गरिए पनि बेहुला र बेहुली चौधरीहरूको परम्पराअनुसारकै बेहुला–बेहुलीको पोसाकमा भएको बेहुलाका बुबा लहेरुले बताए ।
उनले सन्तानको अन्तिम बिहेमा पैसाको मुख नहेरी हेलिकप्टर प्रयोग गरेर रहर पूरा गरेको खुसी व्यक्त गरे । हेलिकप्टर चार्टरको व्यवस्था लहेरुका नजिकका साथी युवा व्यवसायी दयराम खवासले मिलाएको पनि उनले बताए ।उनल चौधरी समुदायको पहिलोपटक आफ्नो छोराको बिहे यसरी भएका पनि बताए । उनका अनुसार उक्त बिहेमा करिब ५ हजार सहभागी थिए । Source: koshionline.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment