Tuesday, May 23, 2017

भखरै सकिएको बालुवाटार बैठकपछि यस्तो आयो केपी ओलीको प्रतिक्रिया

काठमाडौं, जेठ ९– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई हराउने उद्देश्यले स्थानीय तहको संख्या बढाएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने–
–कांग्रेस र माओवादी केन्द्रलाई लोकलाज केहि छैन । चुनावकै बीचमा बजेट ल्याउन खोजिन्छ । कसैलाई सरकार छाड्न मन छ । कस्तो विवसता ? कसैलाई प्रम हुनु हतार छ । निर्जज्जताको पनि हत हुन्छ ।
–जहाँजहाँ एमालेले जित्छ त्यहाँत्यहाँ स्थानीय तह परिवर्तन गरिएको छ । त्यसमा एमालेको समर्थन हुन सक्दैन ।

– स्थानीय तह संख्या कुन कानुन र कुन धाराका आधारमा गरिएको भनि बैठकमा प्रश्न राख्यौं |
–कति तह बढाउने/घटाउने भन्नेमा संवैधानिक तबलरले विधि र प्रक्रियामार्फत जानुपर्छ । सरकारमा गएपनि कानुन नलाग्ने संविधान मान्नुनपर्ने ?
–अहिले निर्वाचन प्रभावित हुने गरी सरकारले केहि पनि गर्न हुन्न । बजेट ल्याउन मिल्दैन ।

साभार :- रातो पाटि

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment