Sunday, May 14, 2017

ललितपुरमहानगरमा काँग्रेसको अग्रता : एमाले र माओवादी केन्द्रका उमेदवार धेरै मतले पछाडी

ललितपुर, १ जेठ । ललितपुर महानगरपालिका–१ वडाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ । जारी मत गणनामा प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मतका साथ अग्र स्थानमा हुनुहुन्छ, भने नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकार ३०९ मतका साथ दोस्रो र नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जन ११२ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका सबै छ स्थानीय तह महानगरसहित दुई नगरपालिका र तीन वटै गाउँपालिकामा मतगणना जारी छ । गएराति १२ बजेबाट महानगरको १ वडाबाट मतगणना सुरु भएको थियो । उक्त वडामा दुई हजार ४६१ मतदाता रहेका छन् ।

जम्मा २९ वडा रहेको महानगरमा प्रमुख पदका लागि १४ तथा अन्य पदका गरी ६३४ जनाले उम्मेदवारी दिएका थिए । कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।

गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी

यसैबीच गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाको अन्तिम मत परिणाम आएको छ । जसअनुसार गोदावरी नगरपालिका–१ वडाका वडाप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी अग्रता लिनु भएको छ ।

त्यस्तै महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment