Monday, May 1, 2017

तौल घटाउदेखि ग्याष्ट्रिक भगाउनसम्मको लागि खानुस् , मही

एजेन्सी । गर्मी समयमा प्यास मेट्न तथा गर्मी भगाउन प्रायले कोल्ड ड्रिङ्क्सको सहायता लिने गर्दछन् । तर के तपाईलाई थाहा छ गर्मी मौसममा कोल्ड ड्रिक्स भन्दा फाइदाजनक हुन्छ मही ।

नियमित रुपमा मही खानाले पेटसम्बन्धी सम्पुर्ण रोग निको हुन्छ । यसमा पाइने तत्वले पाचनक्रियालाई सहयोग पुर्याइ ग्याष्ट्रिक बढ्न दिदैन।

महीबाट भिटामिन बी कम्प्लेक्स, प्रोटिन र पोटासियम पाइन्छ । मही खानाले शरिरलाई उर्जा प्राप्त हुन्छ र फ्रेस महशुस हुन्छ ।

पेट पोल्ने तथा ग्याष्ट्रिकले अति नै सताएको छ भने घुट/घुट गर्दैै मही पिउनुस् । एकैछिनमा ठिक हुन्छ । साथै महीमा अदुवा तथा कालो मरिच राखेर पिउनाले अमिलो डकार आउने बन्द हुन्छ ।

गर्मी समयमा शरिरमा पानीको मात्रा कम हुन्छ । यस्तो अवस्थामा मही पिउने गनुस् । महीमा पाइने इलेक्ट्रोलाइटले डिहाइड्रेसनको समस्या निर्मुल पारिदिन्छ ।

तैलीय तथा मसालेदार खानाले शरिरमा वोसो जम्मा हुँदै जान्छ । तर खानापछि एक गिलास मही पिउनाले शरिरमा वोसो जम्न पाउदैन साथै यसले कोलस्ट्रोललाई नियन्त्रण गर्दछ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment