Monday, May 1, 2017

तराई खाने इन्डियाको दाउ: यस्तो खतरनाक मास्टर प्लान छ नेपालबाट तराई अलग गर्ने भिडियो सहित

“पाकिस्तानकाे बलुचिस्तान र नेपालकाे तराइ टुक्य्राउन अाफूलार्इ जिम्मा दिर्इएकाे स्विकार गर्ने ‘रअ’काे एजेन्टले पाकिस्तानमा पक्राउ परेपछि दिएकाे बयान”

नेपालमा भारतको सूक्ष्म व्यवस्थापनको चर्चा, भारतको खुफिया एजेन्सी ‘रअ’का पूर्वअधिकारी आरके यादवको पुस्तक ‘मिसन रअ’मार्फत तराई टुक्र्याउने योजना सार्वजनिक हुनु र स्वतन्त्र मधेशका लागि चलाइएको अभियानले तीव्रता पाउनु संयोग जस्तै देखिए पनि नयाा घटनाले भने यसलाई पुष्टि गरेको छ । हालै पाकिस्तानको बलुचिस्तानबाट ‘रअ’का उच्च अधिकारी हुसेन मुबारक पटेल भनिने कल्भसन यादव पक्राउ परेपछि नेपालमा स्वतन्त्र मधेशका नाममा मधेश टुक्र्याउने अभियानलाई मूर्तरुप दिन खोजेको कुरा थप पुष्टि भएको छ । ३ मार्च २०१६ मा पाकिस्तानको बलुचिस्तानबाट पक्राउ परेका यादवले पटक–पटक नेपालको तराईमा स्वतन्त्र मधेश पक्षधरसाग भेटेको भनी बयान गरेको जानकारी स्रोतले जनाएको छ । यादवले पक्राउ पर्नुभन्दा पहिले कैयाौ पटक नेपाल आएर तराई क्षेत्रमा स्वतन्त्र मधेश पक्षधरहरुसाग छलफल गर्ने गरेको जानकारी प्राप्त भएको छ । इरानमा व्यापारीको भेषमा बसेका यादवले आफू पाकिस्तानको बलुचिस्तानलाई स्वतन्त्र बनाउने अभियानमा सक्रिय रहेको स्वीकार गरिसकेका छन् ।


फरक नाम र व्यापारीको भेषमा इरानमा बसेका उनी बलुचस्थानमा अस्थिरता पैदा गर्ने जिम्मा लिएर त्यहाा गएका थिए । उनले आफू पटक–पटक नेपालको तराई र श्रीलंका लगायतका मुलुकहरुमा पनि सक्रिय भएको जनाएको स्रोतले स्वाभिमान नेपाललाई जनाएको छ । भारतले नेपालको तराई क्षेत्रलाई टुक्र्याउन खोजेको विषयलाई ‘रअ’कै पूर्ववरिष्ठ अधिकारी आर के यादवले पुष्टि गर्दै पुस्तक प्रकाशन गरेलगत्तै स्वतन्त्र मधेश अभियानलाई सक्रिय बनाउनु र ‘रअ’कै अधिकारीले तराईमा आफ्नो सक्रियताबारे स्वीकार गर्नुले भारतको तराई टुक्र्याउने ‘गेम प्लान’ जारी रहेको पुष्टि हुन्छ । रअका पूर्वअधिकारी यादवले आफ्नो पुस्तकको २६३औं पेजमा सन् १९७५मा सिक्किम मर्जरपछि नेपालमा चीनको बढ्दो उपस्थितिलाई मध्यनजर गर्दै तराई मर्जरको तयारी गरेको, तर सन् १९७७ को निर्वाचनमा मुख्य योजनाकार इन्दिरा गान्धीको पराजय पश्चात् उक्त योजना तत्काल पूरा हुन नपाएको उल्लेख गरेका छन् ।

यादवको उक्त पुस्तक प्रकाशन भएको लामो समय बित्न नपाउादै तराईलाई नेपालबाट स्वतन्त्र बनाउने पुरानो योजनालाई भारतले पुन: निरन्तरता दिन लागेको यादवको गिरफ्तारी पछि पुष्टि भएको छ । स्वाभिमान नेपाललाई उच्चस्तरीय स्रोतबाट प्राप्त सूचनाअनुसार भारतले सन् १९७१मा तत्कालीन पूर्वी पाकिस्तानलाई टुक्र्याएजस्तै नेपाललाई टुक्र्याउने ‘गेमप्लान’ तयार पारेको छ । उच्चस्तरीय स्रोतका अनुसार पूर्वी पाकिस्तानमा सेख मुजिबुर रहमानलाई जस्तै नेपालमा सीके राउतलाई प्रयोग गरी नेपाल टुक्र्याउने योजनामा भारतले ‘गेमप्लान’ तयार पारेको स्रोतहरुले दाबी गरेका छन् । भारतले भित्रभित्रै रअका उच्च अधिकारी तथा नेपालकै विश्वसनीय भनिएका व्यक्तिहरुलाई समेत प्रयोग गरेर स्वतन्त्र तराईका लागि वातावरण बनाइरहेको सूचना उच्चस्तरीय स्रोतले दिएको छ ।

पूर्वी पाकिस्तान र स्वतन्त्र मधेश आन्दोलनबीचको समानता
पूर्वी पाकिस्तान टुक्रिएर बंगलादेश बन्नुभन्दा पहिले सेख मुजिबुर रहमानले पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउन ६ बुादे एजेण्डा लिएर अभियान सुरु भएको थियो । हाल नेपालको तराईलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने अभियानका अभियन्ता सीके राउतले पनि रहमानकै शैलीमा समान किसिमका ८ बुादे एजेण्डा नै तयार पारेर अभियान अघि बढाइरहेका छन् । राउतको हालको भूमिका र त्यतिबेला रहमानको भूमिका, तत्कालीन अवस्थामा उनलाई भारत सरकार र रअको सहयोग तथा हालै राउतलाई भारत सरकारले स्वागत गर्नु, रअका अधिकारीसाग उनको सम्बन्ध भएको खुलासा हुनुले राउत पनि रहमानकै शैलीमा बीजारोपण गरिएका विषालु पात्र हुन् भन्ने पुष्टि हुन्छ ।

के हो पूर्वी पाकिस्तानको वास्तविकता ?
भारतबाट पाकिस्तान अलग्गिएपछि पाकिस्तान पूर्वी र पश्चिमी पाकिस्तानमा विभक्त भएको थियो । पूर्वी पाकिस्तानमा विशेष गरी बंगाली मुस्लिमहरुको बाहुल्य रहेको थियो । पूर्वी पाकिस्तानीहरुको नजरमा पश्चिमी पाकिस्तानीहरु शासक जस्तै थिए । बंगालीहरुले हालको पाकिस्तानले आफूहरुमाथि विभेद गरेको, समान अवसरबाट वञ्चित गरेको, एउटै मुलुकभित्र पनि दुई किसिमको व्यवहार गरेको लगायतका आरोपहरु लगाउादै आएका थिए । भर्खर आफूबाट फुटेर पाकिस्तान बनेको कुरा भारतलाई मन परेको थिएन । अर्काेतर्फ पूर्वी पाकिस्तानसाग भारतको अधिकांश भूभाग जोडिएको थियो । त्यसैले भारतले पूर्वी पाकिस्तानलाई फुटाउने ‘गेम प्लान’ सुरु गरेको हो । स्वाभाविक रुपमा पूर्वी पाकिस्तान पश्चिमी पाकिस्तानको तुलनामा कम विकसित, अवसरबाट वञ्चित र केही विभेद पनि थियो । त्यही कमजोरीलाई अवसरमा बदल्दै भारतले शेख मुजिबुर रहमानलाई स्वतन्त्र पूर्वी पाकिस्तानका लागि उक्साएको थियो । पछि भारतकै सहयोगमा रहमानले पाकिस्तानलाई टुक्र्याएर बंगलादेश बनाउन सफल भएका थिए । यस विषयमा आर के यादवको ‘मिसन रअ’मा विस्तृत उल्लेख गरिएको छ ।

पूर्वी पाकिस्तान र शेख मुजिबुर रहमान :
सन् १९२०मा बंगालमा जन्मिएका शेख मुजिबुर रहमान पाकिस्तानमा बंगालीहरुमाथि हुने जातीय र संस्थागत भेदभावको विरोध गरेपछि एकाएक चर्चामा आएका थिए । पूर्वी पाकिस्तानमा उनको प्रभाव बढ्दै गएपछि भारतले पूर्वी पाकिस्तानलाई पाकिस्तानबाट टुक्र्याउनका लागि ठूलो योजना बनायो । पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तानबीच विवाद बढ्दै गएपछि समस्या समाधानका लागि भन्दै रहमानले सन् १९६६मा ६ बुादे प्रस्ताव सार्वजनिक गरेका थिए । उनले पाकिस्तान समस्या हल गर्न भन्दै ती ६ बुादा सार्वजनिक गरे पनि उनको उद्देश्य पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउनु नै थियो । रहमानले सन् १९७०मा पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउन ‘अवामी लिग’को स्थापना गरी १९७० मा नै अवामी लिगको नेतृत्वमा निर्वाचन लडेका थिए ।

अवामी लिग स्वतन्त्र पाकिस्तानका लागि तयार पारिएको एउटा ‘दस्ता’ थियो । त्यसले प्राप्त गरेको निर्वाचन परिणाम मुलुकको हितमा नभएको भन्दै पाकिस्तानले अस्वीकार गरेपछि पाकिस्तानमा विद्रोह भएको थियो । विद्रोह नियन्त्रणका लागि पाकिस्तानले ‘अप्रेशन सर्चलाइट’ सुरु गरेको थियो । तर भारत सरकारको सहयोग र समर्थन भएकाले रहमानलाई पाकिस्तानले सुरु गरेको ‘सर्चलाइट अप्रेशन’ले खासै असर गरेन । भारतले पूर्वी पाकिस्तानलाई टुक्र्याउनका लागि आफ्ना सुरक्षा निकाय तथा गुप्तचरहरुको सहभागितामा ‘मुक्तिबाहिनी सेना’ तयार पारिसकेको थियो । जसले गर्दा पाकिस्तानले चाहेर पनि पूर्वी पाकिस्तानलाई सागै राख्न सकेन । अन्तत: २६ मार्च १९७१ मा पाकिस्तान टुक्रियो ।

पूर्वी पाकिस्तानलाई टुक्र्याउनका लागि बाहिर रहमानको भूमिका देखिए पनि उनले ल्याएका ६ बुादे प्रस्ताव तथा सैन्य सहयोगसमेत भारतले नै तयार पारेको खुलासा भारत आफैले गरेको छ । रहमानले पूर्वी पाकिस्तान स्वतन्त्र बनाउन ल्याएका ६ बुादाहरु भारतको आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले ड्राफ्ट गरेको रअका पूर्व उच्च अधिकारी आर के यादवले ‘मिसन रअ’कोमा पेज १९५ मा खुलासा गरिदिएका छन् । यादवले लेखेको उक्त पुस्तकमा पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउन अस्तित्वमा आएको अवामी लिग नै पछि ‘मुक्तिबाहिनी’को रुपमा देखापरेको र मुक्तिबाहिनी भारतीय गुप्तचर संस्था रअका संस्थापक आर एन काओको अवधारणा भएको समेत उनले उल्लेख गरेका छन् । मिसन रअको पेज नम्बर २३० मा पूर्वी पाकिस्तान टुक्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुक्तिबाहिनी काओकै अवधारणा हो भन्ने शीर्षक दिएर त्यसमा उनको र रअको भूमिकाको बारेमा लामो चर्चा गरिएको छ । साथै पाकिस्तान टुक्र्याउन भारतले खेलेको भूमिकाको बारेमा उक्त पुस्तकले तथ्यमा आधारित रहेर घटनाक्रमलाई उल्लेख गरेको छ ।

पाकिस्तान टुक्र्याउने बाहिरी पात्रका रुपमा रहमानलाई प्रयोग गरे पनि पाकिस्तान भारतकै योजनामा टुक्र्याइएको विषयलाई भारतका हालका प्रधानमन्त्री नरेन्द्र मोदीले ६ जुन २०१५ मा बंगलादेशको ढाका विश्वविद्यालयमा गरेको सम्बोधनमा समेत पुष्टि गरेका छन् । ‘आफूहरुले कसरी सहजै पाकिस्तानलाई टुक्र्याइदिएर बंगलादेश बनाइदिएको’ भन्दै मोदीले गर्व व्यक्त गरेका थिए । यसरी एउटा पात्रको सिर्जना गरेर भारत पाकिस्तानलाई टुक्र्याउन सफल बनेको थियो ।

यस्ता छन् रहमानका ६ बुादे प्रस्ताव
१. संविधानले लाहोर संकल्पअनुसार संघीय पाकिस्तानको व्यवस्था गर्नुपर्ने, सोही मान्यताका आधारमा संसदीय व्यवस्थाका आधारमा बन्ने सरकारमा मताधिकारको विश्वव्यापी मान्यताअनुसार विधायक सिधै चुनिन पाउनु पर्ने,
२. संघीय सरकारले दुई विषय मात्र हेर्न पाउने, रक्षा र परराष्ट्रबाहेक अन्य विषयको अधिकार संघीय राज्यमा निहित हुनुपर्ने,
३. पूर्वी र पश्चिम पाकिस्तानका लागि छुट्टा छुट्टै मुद्राको व्यवस्था हुनुपर्ने, यदि त्यो सम्भव नभएमा पूरै मुलुकका लागि एउटै मुद्राको व्यवस्था गर्ने, तर पश्चिम पाकिस्तानको राजधानीबाट पूर्वी पाकिस्तानमा उडान गर्न नपाउने प्रभावकारी संवैधानिक व्यवस्था हुनुपर्ने । र यसबाहेक पूर्वी पाकिस्तानका लागि छुट्टै बैंकिङ रिजर्व स्थापना हुनुपर्ने, छुट्टै आर्थिक तथा मौद्रिक नीति अपनाउन पाउनु पर्ने ।
४. राजस्व तथा कर संकलनको अधिकार संघीय इकाइहरुमा निहित हुनुपर्ने, केन्द्र सरकारलाई त्यसको अधिकार नदिने, संघले व्ययभार पूरा गर्न राज्यको करमा भने दाबी गर्न पाउने ।
५. विदेशी मुद्रा आर्जनका लागि दुई राज्यको छुट्टै एकाउन्ट हुनुपर्ने, संघीय सरकारले दुवै राज्यका लागि एक अनुपातमा वा समान रुपले विदेशी मुद्राको व्यवस्था गर्नुपर्ने, आदिवासीहरुद्वारा उत्पादित वस्तुहरुमा दुई राज्यका बीचमा कर लगाउन नपाइने र संविधानले विदेशी मुलुकसाग व्यापार सम्बन्ध बनाउन टेवा पुर्‍याउनु पर्ने ।
६. पूर्वी पाकिस्तानका लागि छुट्टै सैन्य तथा अर्धसैन्य दस्ता र नेभि मुख्यालयको व्यवस्था हुनुपर्ने ।

के हो नेपालको स्वतन्त्र मधेश अभियान ?

स्वतन्त्र मधेश गठबन्धनले तयार पारेको मधेश प्रोफाइलमा उल्लेख भएअनुसार तराई क्षेत्रलाई नेपाल सरकारले सधैं विभेद गरेको भनिएको छ । तराईका जनताहरु आर्थिक, सामाजिक तथा जातीय रुपमा विभेद गरेको, अवसरबाट वञ्चित गरेको र विकासबाट पछि पारेको लगायतका आरोप लगाउादै मधेश र मधेशीहरुको विकासका लागि स्वतन्त्र मधेशको आवश्यकता रहेको र त्यसैका लागि स्वतन्त्र मधेश गठबन्धन अभियान सुरु गरिएको उल्लेख गरिएको छ । सिके राउत प्रमुख रहेको गठबन्धनको अन्तिम लक्ष्य ‘स्वतन्त्र मधेश’ भनिएको छ भने मधेशको छुट्टै झण्डा र राष्ट्रिय गानसमेत सार्वजनिक गरिएको छ ।

को हुन् सीके राउत ?

मधेशलाई स्वतन्त्र बनाउनुपर्छ भन्दै हिाड्ने सीके (चन्द्रकान्त) राउत सप्तरी जिल्लाका बासिन्दा हुन् । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी अध्ययन पुरा गरेका उनी अमेरिकामा वैज्ञानिकको रुपमा काम गर्दागर्दै सन् २०११ मा नेपाल फर्किएका हुन् । त्यसपछि उनले एकाएक मधेशमाथि विभेद भएको भन्दै स्वतन्त्र मधेशको पक्षमा वकालत गर्दै आएका छन् । तराई क्षेत्रमा खासै जनसम्बन्ध विस्तार गर्न नसकेका राउत नेपालको राष्ट्रिय स्वाधिनताका लागि वीष वृक्ष बन्ने निश्चित छ ।

स्वतन्त्र मधेश बनाउने राउतका ८ बुदा यस्ता छन्

१. मधेशलाई सार्वभौम र स्वतन्त्र राष्ट्र घोषणा गर्दै अन्तरिम मधेश सरकार बनाउने । जसले राज्यको संक्रमणकालको व्यवस्थापन, प्रशासन निर्माण तथा निर्वाचन गरेर संविधानको मस्यौदा तयार पार्नेछ ।
२. नेपाली आधिपत्यसहितको प्रशासनिक संयन्त्र हटाएर मधेश प्रशासनको स्थापना गर्ने ।
३. नेपाली सेनालाई मधेशबाट हटाएर मधेशी सेनाको स्थापना गर्ने ।
४. सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हटाएर मधेशी प्रहरीको स्थापना गर्ने ।
५. नेपाल सरकारले मधेशबाट उठाउने गरेका सबै ट्याक्स बन्द गराउने ।
६. मधेशीबाट लिएको भूमि फिर्ता गराउने ।
७. मधेशमा रहेको जमिन, पानी, वन तथा अन्य प्राकृतिक स्रोतमाथिको नेपाल सरकारको नियन्त्रण हटाउने, तथा
८. संयुक्त राष्ट्र संघ तथा विश्वका अन्य सार्वभौम मुलुकहरुमा कूटनीतिक तथा कन्सुलर कार्यालय सञ्चालनका लागि पहल गर्ने लगायत रहेका छन् ।

राउत स्वतन्त्र मधेशका पक्षमा कसरी ‘प्लाण्ट’ गरिए ?

तराईलाई काठमाडौंको विकाससाग तुलना गरी तराई पछि परेको भन्दै यसलाई विभेदको रुपमा लिादै आएको तराईको राजनीतिक नेतृत्वका कारण पहिलेदेखि नै तराई क्षेत्र आन्दोलित हुादै आएको छ । तराईको तुलनामा कर्णाली, हिमाल र पहाड समेत निकै विकट र पिछडिएको वास्तविकतालाई छायामा पार्दै तराईलाई जबर्जस्ती पछि परेको भ्रममा राख्ने प्रवृत्तिका कारण मधेशले पटक–पटक ठूला आन्दोलन सहेको छ । भौतिक पूर्वाधारका आधारमा मधेश हिमाल र पहाडभन्दा अगाडि रहेको मधेशकै बुद्धिजीवीहरु पनि स्वीकार गर्छन् । तर त्यो तथ्यलाई छायामा पार्दै मधेश विभेदमा परेको एकतर्फी रटानका कारण तराई अनावश्यक रुपमा आन्दोलनको शिकार हुने गरेको छ । त्यही अस्थिरताको फाइदा उठाउादै राउतलाई पूर्वी पाकिस्तान टुक्र्याउने रहमानकै शैलीमा भारतले मधेशमा बीजारोपण गरेको स्रोतहरु दाबी गर्दछन् ।

यस बीचमा राउत विखण्डनकारी भूमिका निर्वाह गरेको आरोपमा पटक–पटक पक्राउसमेत परेका छन् । तर प्रहरीले पक्रिादै छाड्दै गरेपछि राउतले आफ्ना गतिविधिप्रति सुरक्षा निकायले कडाइ नगरेको भन्दै थप सक्रियता बढाउादै लगेका छन् । राउतका विरुद्ध विखण्डनकारी भूमिका निर्वाह गरेको भन्दै सर्वाेच्च अदालतमा समेत रिट परेको थियो । तर सर्वाेच्च अदालतका न्यायाधीशहरुले भने राउतले खुल्लमखुल्ला मुलुक टुक्र्याउने चेतावनी र गतिविधि गरिरहादा पनि प्रमाण नपुगेको भन्दै सफाइ दिए । आफ्ना विखण्डनकारी गतिविधिलाई अदालतले समेत नदेखेपछि राउतलाई यस्ता गतिविधि गर्न थप बाटो खुलेको छ । यता स्वाभिमान नेपालको स्रोत भने राउतका गतिविधिमा भारतीय रअको प्रत्यक्ष सहयोग रहेको र उनका गतिविधि सामान्य हुन् भन्ने देखाउन सुरक्षा निकायका उच्च अधिकारीदेखि अदालतमा समेत रअको प्रभाव परेको दाबी गर्छ ।

कसरी चर्चामा ल्याइए राउत ?

पाकिस्तानमा बंगालीहरुमाथि हुने जातीय र संस्थागत भेदभावको विरोध गरेपछि एकाएक चर्चामा आएका रहमान जस्तै तराईमा पनि वैज्ञानिक भइसकेको एउटा युवा कथित मधेशको अधिकारको लागि लागेपछि तराईमा उनीप्रतिको सहानुभूति बढेको थियो । उनले मुलुक विखण्डनसम्बन्धी गतिविधि गरिरहेकै बेलामा पक्राउ परे, तर उनी पक्राउ परेलगत्तै केही मानव अधिकारकर्मीको भेषमा रहेकाहरुले उनी निर्दाेष रहेको भन्दै तत्काल रिहा गर्न माग गरे । उनको गतिविधिलाई जायज भन्दै रिहा गर्न माग गर्नेहरुमा पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, वीरेन्द्र मिश्र, खगेन्द्र संग्रौला, सीके लाल, मल्ल के सुन्दर, कृष्ण भट्टचन, कृष्ण हाछेथु, हरि रोका, श्याम श्रेष्ठ, विजयकान्त कर्ण, पासाङ शेर्पा, राजेन्द्र महर्जन, झलक सुवेदी, धीरेन्द्र प्रेमर्षि, गणेश कुमार मण्डल, विमल अर्याल, तुलानारायण साह, अनुभव अजीत, उज्ज्वल प्रसाइा, युग पाठक, चरण मानन्धर, राजेश अहिराज, रवि ठाकुर तथा ज्ञानु अधिकारी थिए । राउतलाई निर्दाेष भन्दै रिहा गर्न माग गर्नेहरुमध्ये अधिकांश विवादित छवि भएका व्यक्तिका रुपमा मानिन्छन् । राउतको रिहाइका लागि माथि उल्लेख गरिएका २५ जना व्यक्तिहरुले संयुक्त रुपमा पहल गरेपछि राउतको चर्चा जताततै हुन थाल्यो ।

त्यसपश्चात् मुलुक विखण्डन गर्न पाउनुपर्ने उनको मागलाई स्थान दिन तत्कालीन एमाओवादी नेता तथा हालका नयाा शक्तिका संयोजक बाबुराम भट्टराईले आफू सभापति भएको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिमा २०७१ भदौ ५ मा सिंहदरबारमै बोलाएर सुझाव दिन लगाए । भट्टराईको आग्रहअनुसार राउत सिंहदरबारमा उपस्थित भई नयाा बन्ने संविधानमा राज्यबाट छुट्टिन पाउने ‘राइट टु सेप्रेशन’को व्यवस्था गर्न माग गरे । उनले सिंहदरबारमा राज्य छुट्टिन पाउने व्यवस्था संविधानमा उल्लेख गर्न सुझाव दिए लगत्तै पुन: आफ्ना गतिविधिमा निरन्तरता दिए । उनका गतिविधिलाई गलत भन्दै सुरक्षाकर्मीहरुले २८ भदौ २०७१ मा राउतलाई पक्राउ गरेपछि समितिका सभापति भट्टराईले नै आपत्ति जनाएका थिए । उनले राउतलाई पक्राउ गरेर राज्यले ठूलो गल्ती गरेको जनाएका थिए । पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले समेत राउतको विखण्डनकारी गतिविधिलाई प्रोत्साहन गर्दै बचाउमा लागेपछि राउत थप चर्चामा आएका थिए । तर स्रोत भन्छ, ‘राउतलाई चर्चामा ल्याउन भारतले नै नेपालका गन्यमान्यहरुलाई प्रयोग गरेको थियो ।’ सामान्य रुपमा मधेश टुक्र्याउन सम्भव नहुने भएकाले राउतलाई रहमानलाई जस्तै चर्चाको चुलीमा पुर्‍याउने र त्यसको आडमा पूर्वी पाकिस्तानकै शैलीमा मधेशलाई पनि अलग गर्ने योजनाअनुरुप राउतको प्लाण्ट गरिएको स्रोतको दाबी छ ।

सेनाको अध्ययनमा पनि राउत ‘प्लाण्टेड विखण्डनकारी’

नेपाली सेनाले केही समयअघि आफ्ना पृतनापतिहरुको बैठकमा तराईमा विखण्डनकारी गतिविधि भइरहेको भन्दै त्यसलाई रोक्नका लागि सरकारको निर्देशनमा परिचालन हुनसक्ने संकेत गरेको थियो । सेनाले राउतको विषयमा अध्ययन गरिरहेको जनाएको छ । आधिकारिक रुपमा सेनाले विखण्डनकारी गतिविधि बारे अध्ययन भइरहेको मात्र जनाए पनि सेनाको उच्च स्रोतले राउतका गतिविधि विखण्डनकारी रहेको भन्दै राउत कतैबाट ‘प्लाण्टेड’ भएको दाबी गरेको छ । सैन्य उच्च स्रोतले सिके राउत कहााबाट ‘प्लाण्टेड’ भएका हुन् भन्नेबारे अध्ययन भइरहेको जनाएको छ । तर उनी कतैबाट ‘प्लाण्टेड’ भएका विखण्डनकारी हुन् भन्ने सेनाको पनि निष्कर्ष रहेको सैन्य स्रोतले जनाएको छ ।

तराईमा ‘मुक्तिबाहिनी’ शैलीमा सैन्य गतिविधि

सीके राउतले स्वतन्त्र मधेशका लागि भन्दै सुरु गरेको अभियानअन्तर्गत पछिल्लो समय उनले सैन्य दस्ता पनि तयार गरिरहेको सूचना तथा केही सञ्चारमाध्यमले तस्बिर समेत सार्वजनिक गरिसकेका छन् । यस्ता गतिविधिलाई उच्च स्रोतले असामान्य भनेको छ । स्रोत भन्छ, ‘पूर्वी पाकिस्तान टुक्रिनुभन्दा पहिले पनि त्यहाा यस्तै गतिविधि भएका थिए ।’ स्रोतका अनुसार तराईमा भइरहेका सैन्य गतिविधिहरु पाकिस्तानमा मुक्तिबाहिनीको शैलीमा भइरहेका छन् । रअले तराईलाई टुक्र्याउनका लागि बहालवाला तथा पूर्वसेनाका अधिकारीहरुसहित ठूलो संख्यामा सैन्य अभ्यास गराइरहेको छ । सबै ढंगले तराईलाई टुक्र्याउने वातावरण तयार पारेपछि पाकिस्तानकै शैलीमा तराईमा पनि सैन्य तालिमप्राप्त व्यक्तिहरुलाई खटाउने र अन्तत: स्वतन्त्र मधेशलाई मूर्तरुप दिने तयारीमा रअ लागेको स्रोतको दाबी छ ।

स्वतन्त्र मधेशको पक्षमा ‘रअ’का अधिकारीको सक्रियता
संविधान निर्माणपश्चात् असन्तुष्ट तराई केन्द्रित दलहरुले लामो समयसम्म गरेको आन्दोलनमा भारत सरकार तथा भारतीय जासुसी संस्थाको संलग्नताका बारेमा भारतका कतिपय सञ्चारमाध्यमहरुले तथ्यगत सामग्री प्रस्तुत गरेपछि तराईलाई अस्थिर बनाउन रअको भूमिका रहेको विषय बाहिर आएको थियो । तर पाकिस्तानमा पक्राउ परेका यादवको पटक–पटकको तराई भ्रमण पछि स्वतन्त्र मधेश समर्थकहरुसाग भेटेको विषयले भने भारतले स्वतन्त्र मधेशका लागि लगानी गरिरहेको पुष्टि भएको छ । मधेश आन्दोलनमा रअको संलग्नताले भारतले आफ्नो आन्दोलनमार्फत नेपाल सरकारमा दबाब सिर्जना गरी स्वार्थ पूरा गराउन खोजेको जस्तो देखिए पनि उसको स्वार्थ स्वतन्त्र मधेशसाग पनि जोडिएको स्पष्ट हुन्छ । नेपालका विषयमा भारतीय विदेश मन्त्रालयबाट जारी हुने विज्ञप्तिहरु तथा भनाइहरुमा ‘भारत शान्त र समृद्ध नेपाल चाहन्छ’ भन्ने गरिएको छ । यससाग भारतको सुरक्षा पनि जोडिएको विषयलाई पटक–पटक उल्लेख गरेको देख्न सकिन्छ । तर नेपाललाई विखण्डन गर्ने योजनाका प्रमुख योजनाकार सीके राउतलाई भारतमा स्वागत गर्नु, उनको योजनालाई सहयोग गर्न रअका अधिकारी यादवलाई पटक–पटक तराईमा पठाएको पुष्टि हुनुले तराईमा स्वतन्त्र मधेशका लागि रअका चलखेलको विषय छताछुल्ल भएको छ । तराईमा रअको योजनाका बारेमा नेपाल सरकार वा सुरक्षा निकायले चासो व्यक्त गरेमा थप रहस्य पनि खुल्ने स्रोतको दाबी छ । यस विषयमा नेपाल सरकार, सुरक्षा निकाय वा नेपाली सुरक्षा संयन्त्रहरुले कसरी पहल गर्छन् त्यो भने हेर्न बााकी नै छ ।
को हुन् कल्भसन यादव ?

१६ अप्रिल १९७० मा भारतमा जन्मिएका कल्भसन यादव मुम्बईका स्थानीय बासिन्दा हुन् । उनी सन् १९८७ मा नेशनल डिफेन्स एकेडेमीमा आबद्ध भएका थिए । त्यसपछि १९९१ मा उनले इन्डियन नेभिको इन्जिनियरिङ ब्राञ्चबाट आफ्नो सुरक्षा करिअर सुरु गरेका हुन् ।

यादवलाई पाकिस्तानी सुरक्षा निकायले बलचिस्तानबाट पक्राउ गरेपछि उनी आफौले भारतीय नेभिमा आबद्ध रहेको र पछि रअका लागि काम गरेको स्वीकार गरिसकेका छन् । यादवले आफू भारतीय संसद्मा भएको आतंकवादी हमलापछि रअका लागि सूचना संकलनमा लागेको जनाएका छन् । भारतीय जासुसी संस्था रअको ४१५५८ सिरियल नम्बरधारी यादव एल ९६३०७२२ नम्बरको भारतीय पासपोर्टसहित पाकिस्तानमा पक्राउ परेका हुन् । उनको कोड नाम ‘हुसेन मुबारक पटेल’ रहेको समेत पाकिस्तानी सुरक्षा निकायले पुष्टि गरिसकेको छ ।

उनले आफू सन् २००३ बाट रअमा आबद्ध भएको र पाकिस्तानको बलुचिस्तानमा आफ्नो अप्रेशन सञ्चालन गर्न इरानमा सानो व्यवसाय सुरु गरी बसेको र यस बीचमा नेपाल, श्रीलंका र बंगलादेशलगायतका मुलुकमा पनि जाने गरेको उनले जनाएको स्रोतहरुबाट बुझिएको छ । आफू विशेषगरी पाकिस्तानको बलुचिस्तान स्वतन्त्र बनाउने योजनाका लागि त्यहाा खटिएको स्वीकार गरेको भिडियो क्लिप्स समेत पाकिस्तानी सुरक्षा निकायले सार्वजनिक गरेको छ । त्यहाा बसेर उनले पाकिस्तानमा अस्थिरता कायम गर्ने जिम्मेवारी सम्हालेको खुलाएका छन् । उनै यादव पक्राउ पर्नुभन्दा पहिले स्वतन्त्र मधेश अभियानलाई सहयोग गर्न कैयाौ पटक नेपालको तराई क्षेत्रमा भ्रमण गरेको कुरा स्वाभिमान नेपालसाग स्रोतहरुले दाबी गरेका छन् ।

(निमकान्त पाण्डे/ वसन्त खड्काको को खोजमुलक लेख स्वाभिमान डटकमबाट साभार )

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment