तर, अब चिन्ता लिनुपर्दैन । वैज्ञानिकहरुले हालै यस्तो जेल तयार पारेका छन् जसले यी सबै समस्याबाट मुक्ति दिलाउँछ । कण्डम लगाउन पनि पर्दैन ।
यो नयाँ प्रविधि पहिलोपटक भाले बाँदरमा सफलतापूर्वक परीक्षण गरिएको छ । पुरुष गर्भनिरोधक क्रिम बनाउने कम्पनीले दुई वर्षको परीक्षणपछि यो क्रिम कामयावी रहेको पुष्टि भएको दाबी गरेको छ ।
बीबीसीका अनुसार, अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरुले १६ वटा भाले बाँदरमा यो जेलको परीक्षण गरेका थिए । जसले सकारात्मक नतिजा दिएको कम्पनीको दाबी छ ।
कम्पनीको दाबी अनुसार, यो क्रिमले शुक्रकिटको प्रवाह रोक्ने गर्छ । यो क्रिम पुरुषको शुक्रकिटहरु लिंगतर्फ प्रवाहित हुने नलीमा हालिन्छ । यो क्रिमलाई आगामी केही वर्षमा मानिसमा प्रयोग गर्न सकिने दाबी गरिएको छ ।
यो क्रिमले यौनजय रोग सार्ने नसार्ने बारे कम्पनीले केही भनेको छैन ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment