काठमाडौैंं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सरकारले जारी राखेको गिरफ्तारी र धरपकडविरुद्ध उत्रन कार्यकर्ता र जनतालाई अपील गरेका छन् ।
आज विज्ञप्ती निकालेर महासचिव विप्लवले संकटकाल सम्झाउने गरी प्रचण्ड सरकार दमनमा उत्रेको भन्दत्यसको प्रतिकारमा उत्रन अपील गरेका हुन् । ”
संकटकाल सम्झाउने गरी प्रचण्ड सरकारले गिरफ्तार गरेको भन्दै उहाँले अब यसको प्रतिकारबाट आउने सम्पुर्ण अबस्थाको जिम्मा सरकारले लिनुपर्ने चेतावनी पनि दिनुभएको छ ।
सरकारले पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्यूरो इन्चार्ज क. सन्देश पौडेल र वैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जनसहित बर्दिय, रुकुम, काभ्रे, चितवन, सिन्धुली, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौँ, दोलखा, सल्यान, धादिङ पर्वतलगायत जिल्लाबाट १५० जनाभन्दा बढी नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरेको पनि जनाईएको छ ।
गिरफ्तार कमरेडहरुलाई युद्धकालमा जस्तै झुट्टा मुद्धा लगाएको छ, कैयौंलाई यातना दिएको छ र वेपत्ता पारेको छ । हामी प्रचण्ड सरकारको गिरफ्तारी, तानाशाही दमनको कडा भत्र्सना गर्दछौँ” विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासचिव विप्लवले सरकार तानाशाही रुपमा दमन र गिरफ्तारीमा उत्रेको भन्दै भर्त्सना गर्दै गिरफ्तार नेता–कार्यकर्तालाई विनासर्त रिहाई गर्न समेत माग गरेका छन् ।
”पार्टी पंक्ति, नेता, कार्यकर्ता, आम नेपाली श्रमजिवी नागरिकहरुलाई प्रचण्ड सरकारको दमनबाट नहड्बडाउन, नआत्तिन र प्रतिक्रियावादी संसदीय चुनावको खारेज अभियानमा डट्न र राज्य आतंकको प्रतिरोध गर्न अपील गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।

Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment