Wednesday, May 3, 2017

मानव स्वस्थ्यसंग प्रत्यक्ष खेलवाड गर्दैछ प्रान कम्पनी ! जुसमा भेटियो किरा र लेदो(भिडियो सहित ) –

हेमन्त न्यौपाने पुनर्वास, बैशाख । तपाईं आफ्ना साना नानी बाबुहरुलाई प्रान जुस पिलाउदै हुनुहुन्छ ? के आफ्ना नानी बाबुहरुको स्वास्थ्य राम्रो …’

पुनर्वास, बैशाख । तपाईं आफ्ना साना नानी बाबुहरुलाई प्रान जुस पिलाउदै हुनुहुन्छ ? के आफ्ना नानी बाबुहरुको स्वास्थ्य राम्रो होस भन्ने चाहनुहुन्छ ? हरेक आमाबुबा यहि चाहन्छ्न कि आफना कलिला सन्तान निरोगी र तन्दुरुस्त होस । तर यहि रहरमा हामीले पिलाउने फलफुलका जुस खतरनाक हुँदै गईरहेको छ ।

मानव स्वास्थ्यसंग खेलबाड गर्दै बंगलादेशबाट उत्पादन भई नेपालमा सर्वाधिक बिक्री हुने कम्पनी प्रानको लिची जुसमा किरा तथा लेदो भेटिएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित युग ज्योति एकेडेमी विद्यालयमा बुधबार प्रान कम्पनीको लिचीजुस किनेर ल्याउँदा बोतलमा किरा तथा लेदो जमेको भेटिएको छ ।


सिल नतोडिएको तथा कहिँबाट लिक नभएको सो जुसको उत्पादन मिति मे २०१६ लेखिएको छ । उत्पादन भएको मिति देखि १२ महिना सम्म उपभोग गर्न सकिने कम्पनीले जनाएको छ । सो लिचिजुसको म्याद नाघेको १ महिना भएको छ ।

मानव स्वास्थमा प्रतिकुल असर पार्ने जुस किन उपभोक्ता सामु पुर्याउनु भयो भनी प्रान कम्पनीका सुदुरपश्चिम प्रमुख बासुदेव भट्ट संग सोध्दा कहिलेकाही यस्तो हुन सक्ने बताउछन ।

युग ज्योति विद्यालयका शिक्षक भरत बोहराले प्रतिभानगर बजार स्थित एन.एस स्विट हाउसका संचालक भिम प्रसाद पौडेलको पसल बाट सो लिचि जुस ल्याएको बताउनु भएको छ ।

खाद्यान्न गुणस्तरका लागी कहिल्यै सम्बन्धित निकायको अनुगमन नहुँदा खुलेयाम मिति सकिएका तथा किरा परेका जुस उपभोक्ता सम्म पुग्ने गरेको पुनर्वासका स्थानीयहरु बताउछन ।

मानव स्वास्थसंग खेलबाड गर्ने बंगलादेशमा उत्पादन भई नेपालमा बिक्री भईरहेको प्रान कम्पनीको जुस नै आयातमा प्रतिबन्ध लगाउनु पर्न स्थानीय हरि जोशीले बताए ।

स्थानीय प्रशासनले बजार अनुगमनलाई प्रभावकारी बनाएको बताउँदै आए पनि पुनर्वासमा गुणस्तरहिन पेय पदार्थको बिक्रीवितरण बढ्दै गएको छ।

यस सन्दर्भमा एन.एस. स्विट हाउसका संचालक भिम प्रसादलाई किन यस्तो गुणस्तरहित पेयपदार्थ बिक्री गर्नु भयो भनी सोधिएको प्रश्नमा प्रान कम्पनीको लिची जुस म आफैंले उत्पादन गर्ने होइन यो कहाँ बाट आउँछ भन्ने पनि मलाई निश्चित थाहा छैन भन्ने जवाफ दिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment