नेपाली चलचित्रमा धेरै कलाकार यस्ता छन्, जसको हातमा चलचित्र नै छैन । एउटा चलचित्र नचलेपछि एकाएक असफल हुँदै धेरै कलाकार पलायन भए । हरेक बर्ष आउने दर्जन बढी कलाकार यस्तै असफलताको पीडामा रन्थनिकएका हुन्छन् ।
कतिपय कलाकार असफल हुँदा यो क्षेत्रबाटै हराएका छन् भने कतिपयलाई भने भाग्यले साथ दिइरहेको छ । यहि, भीडमा पर्छिन् नायिका नीता ढुंगाना । नीता ढुंगानाको चलचित्र चल्न छाडेको २ बर्ष भयो । उनलाई दर्शकले हलमा खासै रुचाएका छैनन् । तर, पनि नीतालाई लिएर निर्माताहरु चलचित्र भने बनाइरहेका छन् । गतबर्षको मात्रै कुरा गर्ने हो भने पनि नीताका ३ चलचित्र चलेनन् । ‘लेक साइड, पार्सल, निर्भय’ बक्स अफिसमा कमजोर देखिए ।
चलचित्र नचलेपनि नीता भने छायांकनमा व्यस्त भइन् । उनले चलचित्र ‘राजा’को छायांकन भ्याइन् । अहिले उनले नै अभिनय गरिरहेको चलचित्र ‘करोडपति’को धमाधम छायांकन भैरहेको छ । उनले, गतबर्ष नै चलचित्र ‘पञ्चायत’को पनि छायांकन भ्याइन् ।
नीताको २०७२ सालमा रिलिज भएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ पनि असफल भएको थियो । यसरि, लगालग चलचित्र असफल हुँदा पनि नीता व्यस्त छिन् । ‘फूलै फूलको मौसम तिमीलाई’ असफल हुँदा पनि उनलाई केहि निर्माताले पत्याए ।
चलचित्र असफल भएपनि व्यस्तता नघटेकोमा नीता दंग हुने त भैहालिन् । तर, कोही चलचित्र नचल्दा अस्तव्यस्त हुने, नीता भने कसरि व्यस्त भैरहेकी छिन् ? के उनलाई पनि भाग्यले नै साथ दिएको हो त ?
साभार :- अनलाईन खबर डट कम
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment