Sunday, May 28, 2017

इस्लामिक स्टेट्स आतङ्ककारीद्वारा १९ सर्वसाधारणको हत्या

मरावी (फिलिपिन्स), १४ जेठ । फिलिपपिन्सको दक्षिणी सहरमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले सडक अवरुद्ध गरी सुरक्षाकर्मीसँग सुरु गरेको सशस्त्र भिडन्तको कारण १९ सर्वसाधाराणको मृत्यु भएको सैनिक स्रोतले शुक्रबार जानकारी दिएको छ ।

सो सहरमा करिब एक हप्तादेखि आइएस आतङ्ककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण सो इलाकामा ८५ जनाको ज्यान गइसकेको छ ।

गत मङ्गलबार राष्ट्रपति रोड्रिगो डुटेर्टेले मिन्दानाओ क्षेत्र र मरावी नगरमा सङ्कटकालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानून लागु गरेको घोषणा गर्नुभए तापनि आइएस आतङ्ककारीले द्वन्द्व जारी नै राखेका छन् ।

अधिकारीका अनुसार प्रायःमुसलमान समूदायको बाहुल्यता भएको करिब दुई लाख जनसङ्ख्या रहेको मरावी सहरमा आतङ्ककारीले १९ सर्वसाधारणको हत्या गरेका छन् । हत्या भएका ती व्यक्तिमा तीन महिला र एक बालकको रहेका र उनीहरुको शव एक विश्वविद्यालय नजिकै रहेको बताइएको छ ।

एएफपीका एक फोटो पत्रकारका अनुसार मरावी सहरको बाहिरी इलाकामा रहेको एक सडकमा आइतबार आठ वटा शव छरिएर रहेका थिए । ती शव चामल कारखाना र मेडिकल कलेजमा कार्यरत व्यक्ति भएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् ।

गत हप्तादेखि जारी यस भिन्डतमा १३ सैनिक, दुई प्रहरी, ५१ जना आतङ्ककारी र १९ जना सर्वसाधारणको मृत्यु भएको छ ।

दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामी सशस्त्र समूहले गत हप्तादेखि सरकारविरुद्ध भीषण युद्ध सुरु गरेका थिए ।

राष्ट्रपति रोड्रिगो डुटेर्टे, केही मन्त्रीगण तथा उच्च पदस्थ अधिकारी रुसको औपचारिक भ्रमणमा गएको मौका पारी अतिवादी इस्लामी सशस्त्र समूहले अकस्मात् आक्रमण गरी मरावी नगरमा कब्जा जमाएका थिए ।

आफ्नो समूहलाई विश्वको कुख्यात आतङ्ककारी सङ्गठन इस्लामिक स्टेट्सको समर्थन र सहयोग रहेको भनी दाबी गर्ने फिलिपिन्सको सशस्त्र समूहः ूमाउतेू ले देशमा राष्ट्रप्रमुख तथा अन्य विशिष्ट अधिकारी नभएको मौका छोपी इस्लामी बहूल क्षेत्र मरावी नगरमा गत मङ्गलबार एक्कासी आक्रमण गरी त्यहाँको नगर सभागृह (सिटी हिल), एक अस्पताल र स्थानीय कारागार कब्जामा लिएका थिए ।

आतङ्ककारी आक्रमण र सुरक्षाकर्मी एवम् अन्य धन, जनको व्यापक क्षति र देशवासीको अपहरणको खबर थाहा पाउनासाथ रुसको भ्रमण छोट्याई राष्ट्रपति डुटेर्टे तत्कालै स्वदेश फर्कनु भएको थियो । उहाँले स्वदेश फर्किरहेको विमानबाटै सङ्कट कालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानून लागु गरेको घोषणा गर्नु भएको थियो ।

राष्ट्रपति डुटेर्टेले हाल ६० दिनसम्म दक्षिणी मिन्दानाओको सबै क्षेत्र भरी सैनिक कानून लागु गरिएको र स्थिति पूर्ण नियन्त्रणमा नआएमा वा आवश्यक परेमा संबिधान प्रदत्त राष्ट्रपतीय अधिकार प्रयोग गरी एक वर्षसम्म पनि सैनिक कानून लागु गर्न सकिने जनाउनु भएको थियो । रासस÷एएफपी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment