Tuesday, May 23, 2017

देउवाले नरोकेसम्म प्रधानमन्त्रीको राजिनामा नरोकिने

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत नभएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा नरोकिने भएको छ । प्रधानमन्त्रीले संसद बैठकलाई सम्बोधन गरेर राजिनामा दिने उनको सचिवालयले जनाएको छ ।

तर नेकपा एमालेले भने सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नलिएसम्म संसद बैठक चल्न नदिने बताएको छ । संसद बैठक नचलेमा भने प्रधानमन्त्रीले सञ्चार माध्याम मार्फत राजिनामाको घोषणा गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले जानकारी दिए ।

कांग्रेसका केही नेता र नेकपा एमाले अहिले प्रधानमन्त्रीले राजिनामा दिन नहुने अडानमा छन् । ‘अरुले रोकेर प्रधानमन्त्रीको राजिनामा रोकिन्न, प्रधानमन्त्रीका प्रेस संयोजक आचार्यले भने, ‘किनकी पहिलो चरणको निर्वाचन पछि राजिनामा दिने सहमति अरुसँग होइन, देउवासँग भएको हो । त्यसैले देउवाले नै अहिले राजिनामा दिन पर्दैन भने मात्र रोकिन्छ । अन्यथा आजै राजिनामा दिनुहुन्छ ।”

हिजो पटक पटक स्थगित भएर पनि बस्न नसकेको संसद बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । एमालेले आज पनि बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । त्यसअघि समस्या समाधानका लागि प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुट्दैछन् । प्रधानमन्त्रीले छलफलका लागि बिहान ९ बजे कांग्रेस र एमालेका शिर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment