Tuesday, May 2, 2017

माईत गएर घर नफर्कने श्रीमतीसंग सम्वन्ध विच्छेद गर्दा मैले श्रीमतिलाई अंश दिनुपर्छ की पर्दैन ?

प्रश्नः मेरो नाम कृष्ण श्रेष्ठ हो । म हाल युएईमा छु । मेरो घरमा श्रीमतिले अढाई बर्षको बच्चा लिएर कुनै जानकारी नदिई माईत गएर बसेकी छिन् । यसअघि पनि उनले पटक पटक यस्तै गर्दै आएकी छन् ।

मैले उनलाई घर फर्किन आग्रह गर्दा नआउने र सँगै नबस्ने कुरा गर्छिन । मैले यो अवस्थामा न्याय पाउन के गर्नुपर्छ ? र यस्तो घटनामा सम्वन्ध विच्छेद गर्दा मैले श्रीमतिलाई अंश दिनुपर्छ की पर्दैन ?

उत्तर ( अधिवक्ता सुजन पन्त): नेपालमा श्रीमानले चाहेर सम्वन्ध विच्छेद गर्ने प्रकृया अलिक जटिल छ । तपाई र तपाईको श्रीमति सँगै बस्न नसक्ने भएमा र तपाईले सम्वन्ध विच्छेद गर्न चाहेमा सम्वन्धित गाउँपालिका वा नगरपालिकामा गएर निवेदन दिनु पर्दछ ।

यसका लागि तपाई र तपाईको श्रीमति ३ बर्षयता सँगै नबसेको हुनु पर्दछ । यदि त्यसो भएमा तपाईको सम्वन्ध विच्छेदको प्रकृया अगाडी बढ्न सक्दछ । तर यसको प्रकृया लामो हुन्छ ।

तपाईको दोश्रो जिज्ञासा, अंश दिनु पर्ने नपर्ने सम्वन्धमा नेपालको कानून अनुसार तपाईले श्रीमतिलाई अंश दिनु पर्ने हुन्छ । तपाईले सम्वन्ध विच्छेदको मुद्धा चलाएमा वा तपाईको श्रीमतिले चलाएमा, जुनसुकै अवस्थामा पनि तपाई अंश दिन बाध्य हुनुहुन्छ ।

यस सम्वन्धमा हाल संसदमा विचाराधिन अवस्थामा रहेको देवानी संहितामा यदि महिला आफैं छुट्टीन चाहेमा र महिलाले लिन नचाहेमा भनें अंश दिनु नपर्ने व्यवस्था छ । तर हाल सो विधेयक पारित नभइसकेका कारण यो व्यवस्था लागु भएको छैन ।

तपाईको अढाई बर्षको बच्चा समेत भएका कारण तपाई दुईबीच सम्वन्ध विच्छेद भएमा नेपालको कानून अनुसार बच्चाले समेत स्वतः अंश पाउने व्यवस्था छ । तर सकेसम्म सम्वन्ध विच्छेदको तहसम्म सोच्नु अगाडी तपाईहरुले आफूबीचको असमझदारी हटाउन सकेसम्म प्रयत्न गर्नु उपयुक्त हुन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment