Sunday, May 14, 2017

म्यादी प्रहरीको म्याद थपियो

दाङ, ३१ वैशाख । दाङमा म्यादी प्रहरीको म्याद थपिएको छ । बैशाख ३१ हुने निर्वाचनको सुरक्षार्थ भर्ना गरिएपनि दोस्रोचरणमा निर्वाचन हुने भएपछि उनिहरुको म्याद थप गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरज प्रताप सिंहले निर्वाचन सरेसंगै म्यादि प्रहरीको समयावधि पनि एक महिनाका लागि थपिएको बताए । प्रमुख सिंहका अनुसार एक महिनाका लागि उनिहरुको सेवा सुविधा सहित म्याद थपिएको हो ।

‘अन्य प्रहरी जवानले एक महिनामा पाउने पारिश्रमिक अनुसार उनिहरुले पनि पाउँछन, यति नै दिने भन्ने तोकिएको छैन,’ प्रमुख सिंहले भने । यस अघि उनीहरुलाई ५१ हजार रुपैया दिने सम्झौता भएको थियो । गत चैत्र २५ गते दाङमा एक हजार ३ सय ४० म्यादि प्रहरीमा भर्ना भएका थिए ।

निर्वाचन सरेलगत्तै उनिहरुलाई अहिले विभिन्न सुरक्षार्थ खटाइएको छ । म्यादी प्रहरीलाई तालिमका साथसाथै अन्य प्रहरी संग रातिमा गस्ति गराउने, सरकारी कार्यालय, विद्यालयहरु, मन्दिर लगायतका सार्वजनिक स्थानहरुको सरसफाईमा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पहिलो चरणको निर्वाचन आइतबार भएपनि दोस्रोचरणको निर्वाचन भने जेठ ३१ गते हुँदैछ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment