Saturday, May 13, 2017

मन्त्री गगन थापालाई कपनबाट स्थानीयले यसरी लखेटे (भिडियो सहित)

काठमाडौं, ३० वैशाख– निर्वाचन आचारसँहिताको गम्भीर उल्लंघन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले शनिबार विहान कपन जोडधारामा मत माग्दै हिँडेपछि स्थानीय जनताले लखेटेका छन् ।

मन्त्री थापा झण्डावाल गाडी चढेर बुढानीलकण्ठ नगरपालिकाको कपन जोडधारामा विहान करिब साढे ८ बजे कांग्रेसका स्थानीय कार्यकर्तासहित पैसा पनि बाँडिरहेको दाबी स्थानीयले गरेका छन् ।

मौन अवधिमा मत माग्न नपाईने आचारसँहिताको व्यबस्था विपरित मन्त्री थापा भेटिएपछि स्थानीय जनताले घेर्दा उनी गाडी चढेर भागेका थिए । भाग्नेक्रममा उनको गाडीले सुकेधारामा बा ७५ त ३१४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाईकल अहिले प्रहरीको नियन्त्रणमा छ र घाइतेलाई ओम अस्पताल लगिएको बताइएको छ ।

भिडियो हेर्नुहोस्:


नाेट : माथी फिचरमा प्रयोग गरिएको फोटो सांकेतिक तस्विर मात्र हाे । सम्पादक

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment