Thursday, May 4, 2017

भुकम्प प्रभावित चार जिल्लामा टेलिकमले द्रुत गतिको इन्टरनेट, दुई बर्षसम्म निशुल्क इन्टरनेट

भुकम्प प्रभावित चार जिल्लामा टेलिकमले द्रुत गतिको इन्टरनेट, दुई बर्षसम्म निशुल्क इन्टरनेट

काठमाडौं। भुकम्पबाट जिल्लामध्ये अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा नेपाल टेलिकमले द्रुत गतिको इन्टरनेट पुर्याउने भएको छ।

ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी इन्टरनेट सेवा उपलब्ध गराउन बिहिवार टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ। सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र प्राधिकरणका तर्फबाट अध्यक्ष दिगम्बर झाले हस्ताक्षर गरे।

प्राधिकरणका अध्यक्ष झाले ग्रामीण दूरसञ्चार विकास कोषको रकम सदुपयोग गर्न र भुकम्प प्रभावित जिल्लाहरुमा इन्टरनेट सेवा पुर्याउन टेलिकमसँग सम्झौता गरेको बताए।राजभण्डारीले इन्टरनेट लैजाने जिल्लाहरुमा विस्तृत अध्ययन भईसकेको र ती स्थानमा जीएसएम, सिडिएमए, एडिएसएल र वाइम्याक्स मध्ये उपयुक्त प्रविधिबाट इन्टरनेट सेवा दिने बताए।

आयोजना अन्तर्गत टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका सरकारी एवं सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्र, आर्युवेद केन्द्र, वडा कार्यालय, गाउँपालिका र नगरपालिकामा इन्टरनेट सेवा उपलब्ध गराउनेछ। इन्टरनेट सेवाको सञ्चालन तथा मर्मत पनि गर्ने टेलिकमले जनायो।

चार जिल्लामध्ये काभ्रेपलाञ्चोकका गाउँपालिका तथा नगरपालिकाका ८० स्थान, एकसय १८ वटा सरकारी तथा सामुदायिक विद्यालयमा र ६९ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्रमा सेवा उपलब्ध गराइने टेलिकमले जनाएको छ।

सिन्धुपाल्चोकका गाउँपालिका तथा नगरपालिकाका ७० स्थान, ८२ वटा सरकारी तथा सामुदायिक विद्यालय र ६१ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्रमा, नुवाकोटका गाउँपालिका तथा नगरपालिकाका ६२ स्थानमा इन्टरनेट पुर्याइनेछ।

यो वाहेक ९५ वटा सरकारी तथा सामुदायिक विद्यालय र ६१ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्रमा र रसुवाका गाउँपालिका तथा नगरपालिकाका १८ स्थानमा, १६ वटा सरकारी तथा सामुदायिक विद्यालय र १५ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्र गरी जम्मा कुल सातसय ४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ। उपभोक्ताहरुलाई यो सेवा दुई वर्षसम्म निःशुल्क उपलब्ध हुनेछ। यस आयोजनाको लागत करिव २१ करोड १६ लाख रहेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment