पाकिस्तानको राजधानी इस्लामाबादबाट लण्डन जाँदै गरेको विमानका चालक सिकारुलाई छाडेर सुतेर निधाएका हुन्। सो खबर अनुसार इस्लामाबादबाट विमानले उडान भरेको केही समयपछि नै बरिष्ठ पाइलटले एक सिकारुलाई हस्तान्तरण गरेर आफू भने प्यासेन्जर कम्पार्टमेन्टमा गएर सुतेका हुन्।
सो क्रममा विमानका चालक साढे २ घन्टा सुतेका थिए । विमानमा ३०५ जना भन्दा बढी यात्रुहरु सवार थिए । यो घटनालाई उड्डयन सुरक्षा निमयको उल्लंघन मान्दै वरिष्ठ पाइलट आमिर अख्तर हासमीलाई कारबाही गरिएको छ।
पीआईएका प्रवक्तालाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले अख्तरलाई उडान सेवाबाट हटाएर घटनाको अनुसन्धान सुरु गरेको छ । वरिष्ठ पाइलट अख्तर पाकिस्तान एयरलायन्स पाइलट्स एशोसिएसनका अध्यक्ष समेत भइसकेका व्यक्ति हुन्। आजको राजधानी दैनिकमा खबर छ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment