Sunday, May 28, 2017

जहाजमा ८० वटा बाजको शानदार यात्रा

दोहा, १८ माघ । बाजका लागि जाहाजको ८० सिट बुक गरियो भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर, अचम्म नमान्नुहोस् कतार एयरवेजको जहाजमा ८० सिटमा बाजले शानदार यात्रा गरेका छन् ।

विश्वको जम्मा जनसङ्ख्याको एकदमै थोरै सङख्या मात्रै जहाजमा यात्रा गर्न पाउँने गर्छन् । तर, यदि साउदी अरबका राजकुमार बाजको एउटा समूहलाई जहाजको यात्रा गराइहेका छन् । जहाजमा केही अरु यात्री पनि देखिएका छन् र यी सबैको बीचमा रहेका ८० वटा सिटमा बाज बसेका छन् ।

यस तस्बिरलाई लेनसु नामका एक व्यक्तिले रेडिटमा पोस्ट गरेका थिए । उनका अनुसार जहाजका क्याप्टेन साथीले उनलाई यो तस्बिर पठाएका थिए ।

लेनसुका अनुसार उड्न नदिन पखेँटा बाँधिएका ८० वटा बाजलाई जहाजभित्र ल्याइएको थियो । यी सबै बाज कतार एयरवेजको जहाजमा यात्रा गरिरहेका थिए ।



तर यस कुराको आधिकारिक पुष्टि भने भइसकेको छैन । कतार एयरवेजले पनि यसबारेमा मुख खोलेको छैन । यस तस्बिरलाई पोस्ट गरिएपछि सामाजिक सञ्जलाका प्रयोगकर्ताले साउदी राजकुमारका शिकारी बाज भएको उल्लेख गरेका छन् ।

मध्यपुर्वका जहाजहरुमा बाजलाई एक ठाउँबाट अर्को ठाउँमा लानु सामान्य मानिन्छ । कतार एयरवेज एकले एक पटकमा ६ वटा पंक्षीलाई मात्रै लाने अनुमति दिन्छ ।

तर यो अनुमति केवल इकोनमी क्लासका लागि मात्रै हो । यात्राको दुरीको आधारमा प्रतिपंक्षी ९० देखि ५०० युरोसम्म खर्च लाग्छ ।

धेरैजसो यी बाजलाई शिकारका लागि अन्य स्थानमा लाने गरिन्छ । यी बाजलाई मध्य पुर्वका देशमा जहाजको यात्राको क्रममा बस्नका लागि एक सीट दिने गरिन्छ । कुनै पनि किसिमको दुर्घटना हुन नदिनका लागि यिनीहरुलाई कपडामा बसाइन्छ । बाज संयुक्त अरब एमिरेट्सको राष्ट्रिय चिन्हमध्ये एक हो ।

हवाई यात्राका लागि यहाँ बाजलाई राहदानी पनि दिइन्छ । यस्तो काम बाजको तस्करी रोक्नका लागि गरिन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment