Monday, May 22, 2017

कांग्रेसभित्र सुरु भयो बबण्डर, देउवाको व्यक्तिगत कार्यशैलीका कारण कांग्रेस पराजित

काठमाडौं, ९ जेठ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाको गलत कार्यशैली र व्यक्तिगत स्वार्थ कै कारण पार्टी दोस्रो स्थानमा पुगेको निष्कर्ष निकालेको छ ।

पौडेल समूहको सोमबार अनामनगरमा बसेको बैठकले सहरी क्षेत्रमा कांग्रेस पराजित हुनुमा पछिल्ला राजनीतिक घटनाक्रमलाई प्रमुख कारण मानिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार राजदूत, महानिरीक्षक नियुक्ति र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव दर्ता गर्ने लगायतका विवादास्पद निर्णयले पार्टी कमजोर भएको निष्कर्ष निकालिएको छ ।

बैठकमा पौडेलले परम्परावादी मतदाताकै कारण कांग्रेसले ग्रामीण इलाकामा चुनाव जिते पनि सचेत मतदाता रहेको सहरी इलाकामा पार्टी हार्नुका पछि नेतृत्वको गलत कार्यशैली नै मुख्य जिम्मेवार रहेको बताएका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment