Friday, May 26, 2017

एमाले मधेसी बिरोधि भन्नेलाई कडा झापड: काठमाडौंमा एमालेले गर्यो कसैले गर्न नसकेको काम, मधेस मूलकी महिला विजयी

काठमाडौं, १२ जेठ । सद्‌भावको सन्देश दिँदै काठमाडौंको तारकेश्वर नगरवासीले मधेसमूलकी एक महिलालाई जनप्रतिनिधि चुनेका छन् ।
यसले मधेस र पहाडीयाबीचको तिक्ततायुक्त होइन, सौहार्दपूर्ण सम्बन्ध छ भन्ने थप पुष्टि भएको छ ।

तारकेश्वर नगरपालिका–४ का मतदाताले मधेसीमूलकी महिला आशिया ठाकुर विश्वकर्मालाई सदस्यमा जिताएका हुन्। वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेतर्फबाट दलित महिला सदस्य उम्मेदवार बनेकी उनी ५ सय ८५ मतसहित विजयी भएकी हुन्।

सिलाइ–बुनाइपछि हस्तकला व्यवसाय सुरु गरेकी आशिया ठाकुर विश्वकर्मा टोलमा जाँगरिली महिलाका रूपमा चिनिन पुगिन्। उनले आफूले जानेको सीप अरुलाई सिकाउन समेत थालिन्। जसले उनको परिचय व्यवसायीबाट ‘आशा दिदी’ का रुपमा बदलियो। यही परिचय चुनाव जित्ने कारक पनि बन्यो।

ठाकुर रौतहटको प्रेमपुरगानाईमा जन्मिएकी हुन्। रौतहटको औरैयाका नगेन्द्रप्रसाद विश्वकर्मासँग ११ वर्षकै उमेरमा विवाह भएपछि उनी काठमाडौं आएकी हुन्। विद्युत् प्राधिकरणमा काम गर्ने श्रीमान्सँगै राजधानी आएकी ठाकुर सुरुमा गृहिणी भएर बसिन्। डेरामा बसिरहन झिँजो लागेपछि उनले सिलाइ–बुनाइ सिकिन्। स्वेटर, टोपी, पञ्जालगायत सामग्री बनाउन थालिन्।

सिलाइ–बुनाइपछि हस्तकला व्यवसाय थालेकी ठाकुर टोलमा जाँगरिली महिलाका रुपमा चिनिन पुगिन्। उनको यात्रा व्यवसायीका रुपमा मात्र रोकिएन, आफूले जानेको सीप अरुलाई सिकाउन समेत थालिन्। जसले उनको परिचय साना व्यवसायीबाट ‘आशा दिदी’ मा बदलियो। सिलाइ–बुनाइ, हस्तकला हुँदै अहिले उनी मसला पसल चलाउँछिन्। उनी टोलका तीनटा आमा तथा महिला समूहमा आबद्ध छिन्। यही सक्रियताले उनलाई स्थानीय स्तरमा परिचित मात्र बनाएन, नेता हुने अवसर समेत दियो।

‘महिलालाई सीप सिकाउने र आमा समूहमा रहेर धेरै काम गरें,’ उनले भनिन्, ‘सायद त्यसैले होला सबैले मलाई विश्वास गर्नुभयो।’ चुनाव जितेपछि उनलाई अब महिला मात्र होइन सबैको हितमा काम गर्ने रहर छ।



व्यवसायको आम्दानीले डेरा गरेर बसेकै टोलमा घर किनेपछि उनी काठमाडौंकी स्थायी बासिन्दा भइन्। त्यसपछि उपत्यकाकै मतदाता। काठमाडौंको स्थायी वासिन्दा भए पनि उनले चुनावमा उठेर गाउँको नेतै बन्छु भन्ने सोचेकी थिइनन्। राजनीतिमा खासै चासो नराख्ने उनलाई यसपटक भने छिमेकी सरिता गौतमले राजनीतिमा लाग्न प्रोत्साहन गरेकी हुन्।

‘सरिता दिदीले वडा सदस्यमा उठ्न अनुरोध गर्नुभयो,’ उनले भनिन्, ‘सुरुमा निर्णय गर्न सकिनँ, आमा समूह र छिमेकीस“ग समेत कुरा गरेपछि सबैको हौसलाले उम्मेदवार भएँ।’ कुनै पार्टीमा संलग्न नभएकी उनी सुरुमा एमालेले प्रस्ताव गरेकाले त्यसैबाट चुनाव लडेकी हुन्।

चुनावमा उठ्ने निर्णय गरेपछि उनले बुबालाई फोन गरेर सोधिन्। बुबाले पनि उनलाई मनोनयन दर्ता गराउन सुझाव दिए। श्रीमान् र आफन्तले पनि चुनावमा भाग लिन सहयोग गर्ने भएपछि उनी उम्मेदवार बनिन्।

टोलमा छुट्टै पहिचान बनाउन सफल भएकाले उनलाई सजिलै जित हासिल गर्छु भन्ने लागेको थियो। नभन्दै नतिजा पनि सोचेअनुसार आयो। ‘मलाई मत दिएर जिताउने मतदाताको मन जित्ने कोसिस गर्छु,’ उनले भनिन्, ‘आशियामाथि राखेको आशालाई मर्न दिन्न।’

उनले जितेपछि टोलमा ठूलै बहस भयो। मधेसीमूलकी महिलाको काठमाडौंमा जित हुँदा बहस हुनुलाई उनले स्वभाविकरुपमा लिएकी छिन्। ‘बधाईको ओइरो लागिरहेको छ,’ उनले भनिन्, ‘सबैले अघि बढ्नपर्छ भनेर हौस्याइरहेका छन्।’

साभार :- कर्णालीखबर बाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment