Monday, May 29, 2017

छोरा लाई बाबुको चिठी ‘तैले ढुंगा हानेर ल्याएको गणतन्त्र भन्दा पंचायत राजतन्त्र नै ठिक !’

प्यारो छोरा सन्ते !

आज धेरै दिनपछि तलाई चिठ्ठी लेख्न मन लागो । तलाई थाहा छदैछ म अकारण लेख्दिन । तेरो फुर्सद छैन होला जस्तो पनि लाग्छ बाबू । म पनि गाईबस्तु, घरगोठ गर्दागर्दै थाकिसकेको हुन्छु । दुई गाँस कुप्लुक्क खाएर ढल्कि हाल्छु । ज्यान बुढो हुँदै गएपछि निन्द्रा कम लाग्ने रैछ बाबू । निन्द्रा नपरेपछि मनमा पगित्ता कुरा खेल्छ्न ।

तर चईन्जो कुरो उस्तो महत्वोपुर्ण भने होइन । उहीँ पहाड हुँदा , जवान हुँदा गरे भोगेका दुख/ सुखका कुरा मनमा आउछ्न । पन्चायत, बहुदल हुँदै गणतन्त्र सम्म आउँदा देखे भोगेका नालीबेली छमछम अनिदा आँखामा नाच्छ्न । अनि रातभरको अनिदोले ग्यास्टिक बडेर जाने रैछ बाबू ।

चाईन्जो यो निन्द्रा राम्रोसँग नपरेपछि मान्छेको जातलाई ग्यास्टिकले सताउने रैछ भन्ने ज्ञान मैले आफ्नै अनुभवबाट आर्जेको हुम सन्ते ।

हेर बाबू सन्ते ! हुनत मलाई ग्यास्टिक छ भनेर सुनाउन तंलाई चिट्ठी लेख्या होइन । तर तैले लोकतन्त्रको मेरुदण्ड भन्ने गरेको तेरो चुनाव र तेरा चुनाबका घोषणापत्र नामका चिल्ला /गुलिया कुराले कोशी उर्लेजस्तो तेरो बाउको ग्यास्टिक र सुगर दुबै एकैपटक उर्लेका छन । त्यतिले नपुगेेेर डाक्टरले भन्या अहिले मलाई हाईपर टिन्छिन भन्ने रोग नि लाग्या छ रे ।

” कसरी बा ?” भनेर भन्छ्स भने लु सुन ।
यो ग्यास्टिक भए देखि डाक्टरले चिल्लो बार्नु भन्या थियो । त्यसैले म उस्तो ओलीका भाषण सुन्दिनथे । बा तपाईंलाई सुगर नि छ भनेकाले न प्रचन्नका भासन सुन्थे । शेरबहादुरको कुरो बरु ढुक्कै थियो बाबू ! तिनले बोलेकै बुझ्दिनथे । के भनेर भन्देखुनलाई भनेको बुझ्थे अरु बुझे मार्दिनु ।

त्यसैले उनले बोल्दा स्वास्थमा कस्तो असर गर्छ थाह थिएन । तर बुझ्नेहरुले बुझे है भनेर, पत्रपत्रिकामा लिखत ठोके अन्सार चाहिँ तिनका कुराले नि भबिस्यमा क्यान्सर हुने सम्भावना देख्छु । त्यसैले यी र यस्ता कुराहरुबाट भरसक तेरो बाउ टाढै बस्दै आएको थियो सन्ते !

तर हेर बाबू आफुले काल नखोजे नि कालले आफुलाई खोज्दै आउछ भनेजस्तो संघीय लोकतान्त्रिक गणतन्त्रलाई छोटे चुनाव लाग्या छ । छोटे चुनाब लागेपछि छोटे नेता जन्तो खोज्दै आउँने नै भयो बाबू ।

अनि सुन्दिन भनेपनी तिनका कुरा सुन्न कर लाग्ने नै भयो । चुनाब लागे देखि जति परेजमा बस्छु भनेपनी चिल्ला र गुलिया कुराले ग्यास्टिक र सुगर चड्दो छ बाबू । अब चुनाब नसकिउन्जेल तेरो बाउ बाँच्नु भनेको अर्को चुनाब सम्म टिक्नु हो बाबू ।

अब हाईपर टिन्छिनको कथा सुन बाबू ।
अहिलेको बखत जताततै चुनाव लाग्या त तलाई नि थाह छ । यसले गर्दा छिमेकी, छिमेक जस्ता छैनन । चाईने ती , कि काँग्रेस कि एमाले कि माउवादी कि राप्रपा भएका छ्न । त्यतिमात्रै भए त ठिकै थियो । जमना बहुदलिय छ भनेर चित्त बुझाईन्थ्यो बाबु ।

तर हेर जमना बहुदल बाट ” कक्टेलिय बहुदल ” भैसकेको रहेछ । हो यहि कक्टेलीय बहुदलले हो तेरो बाउलाई हाईपर टिन्छिन भन्ने नयाँ रोग लाग्या । छनलाई तिनका धुरी देखि भट्भटे सम्ममा आ- आफ्नै पार्टीको झन्डा गाडिएका छन । चिया दोकानमा नि आफ्नै पार्टीको गित गाउछ्न ।

तर भोट माग्ने बेलामा एउटाले अर्कोको चुनाव चिन्हमा माग्छ बाबू । एउटा माउबादी हुम । साम्यवाद ल्याउनी हो । तर बुवा भोट चाहिँ रुखमा है भन्छ । अर्को चाहिँ समाजवाद ल्याउने हो । बिपिको सपना पूरा गर्ने हो । तर बुवा भोट चाहिँ हथौड़ामा हान्नुपर्छ भन्छ ।

फेरि अर्को आउँछ र मदन भन्डारीको सपना साकार पार्ने हो बुवा गाईमा मतदान गर्नुहोला भन्छ । हं सन्ते तैंले ढुंगा हानेर ल्याको संघीय लोकतान्त्रिक गणतन्त्रको के चाला हो यो ? यस्ता कुरा सुनेपछि तेरा बाउको बलड पेसर घुएत्रो हानेजस्तो भएर नहुरीए के हुन्छ ! तेरो बाउलाई हाईपर टिन्छिन नभए के हुन्छ ? लु त आफै भन्त ??

हेर बाबू सन्ते । तैंले नबुझेको होस कि मैले नबुझ्या हो कुन्नी ! मलाई तेरो संघीय लोकतान्त्रिक गणतन्त्रको यो नाङ्गो नाच उस्तो पचेन । त आफै भन्त बहुदलीय प्रतिस्पर्धा भन्या के हो ? आफ्ना आफ्ना बिचार, सिद्धान्त र कार्यक्रम लिएर जन्तामा जाने खेलो होईन ?

खेलोमा जसलाई जनताले पत्याउछ उसैले शासन गर्ने भन्या होइन ? कि छोराछोरी , ज्वाँई , साला, भान्जालाई जिताउन दौरा खोलेरै बहुदलको बलात्कार गर्ने हो ? यो झेली तालमेल भन्या छ । नाङ्गै नाङै नाच्या छ ।

आफ्ना आफ्नालाई जिताउन सोझो र पहुँच नभएको उमेदवारको बली चडाएको छ । यहि हो तैंले करङ भाँचेर ल्याएको एक्काइसौं शताब्दीको संघीय लोकतान्त्रिक गणतन्त्र सन्ते ? यस्तो नि हुन्छ बाबु लोकतन्त्रे चुनाब ? खान पाईन्छ भन्दैमा उ नै चाहिँ खानु हुन्न नि बाबू ।

हेर बाबू सन्ते ! तलाई नि म सफाई र प्रतिवादको मौका दिन्छु । यी भए मेरा कुरा । तं आफुलाई एक्काइसौं शताब्दीको हु भन्छ्न । आफुले ढुंगा हानेर ल्याएको ब्यावस्थालाई एक्काइसौं शताब्दीको ब्यावस्था भन्छ्स ।

तर सन्ते बिसौ शताब्दीको पंचेतका पालामा नि यस्तो रमिता र नाटक चाहिँ देखिएन बाबू । मेरा कुरा सकिए । तेरो ब्यवस्थाका बिषयमा मैले बुझ्न नसकेको केही भएर लेखेर चिठी पठाएस ।
भाग्यमानी हुनु ।
उहीँ तेरो बाउ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment