Saturday, May 20, 2017

नेपालको तराई छुट्याएर भारतमा गाभ्न, १९७४ देखि नै भारत मरिमेटेर लागेको खुलासा

भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइटिस विग्स (र) का पूर्वअधिकारी आरकै यादवले कितावमार्फत यो खुलासा गरेका छन्। प्रधानमन्त्री इन्दिरा गान्धीका पालामा तराई टुक्राएर भारतमा गाभ्ने अपरेसनको खाका बनाएको थियो।

गान्धीले तराई टुक्राएर भारतमा गाभ्ने अपरेसनको जिम्मा ‘र’ का संस्थापक प्रमुख रामेश्वर नाथ ‘आरएन’ काओलाई दिएकी थिइन्। तर आन्तरिक राजनीतिक उतारचढावले योजना सफल नभएको दाबी यादवले आफ्नो पुस्तक ‘मिसन र’ मा गरेका छन्।

यादवले सन १९७३ मा ‘र’मा भर्ती भएर लामो सम्म काम गरेका थिए। २६ अप्रिल १९७५ मा सिक्किम भारतमा गाभिएपछि चिनियाँ उपस्थिति बढेको विश्लेषण सहित काओसहितका टिमले तराईलाई नेपालबाट टुक्रयाउने योजना बनाएको पुस्तकमा उल्लेख छ |

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment