Monday, May 1, 2017

यसरी बन्छ स्तन कसिलो

आकर्षक शरीरका आ-आफ्नै आधार होलान्। यहाँ यौन आकर्षणको सन्दर्भमा कस्तो शरीरलाई विशेष यौन आकर्षक मानिन्छ केही चर्चा गरौं। पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश अनि कसिलो मांसपेसी भएकी महिलालाई आकर्षक मानिन्छ।

 त्यस्तै विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ। विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ। त्यसैले जैविक रूपमा पुरुषहरू थाहा पाएर वा नपाई विकसित अर्थात् ठूला स्तनप्रति र त्यस्तो स्तन भएकी महिलाप्रति आकषिर्त हुन्छन्  जसले गर्दा उक्त महिलाबाट जन्मने आफ्ना सन्तान बाँच्ने सम्भावना बढी होस्।

स्तनपान गराउँदैमा यौन आकर्षण घट्छ ?


कुनै पनि महिलाको एउटा महत्त्वपूर्ण पक्ष मातृत्व हो। यो नभै पूर्ण नारीत्वको कल्पना गर्न सकिँदैन। विकसित स्तनको स्वाभाविक लक्ष्य पनि भावी सन्तानको स्तनपान हो, जुन उसको स्वस्थ विकासका लागि अपरिहार्य हुन्छ। यस्तो पवित्र कार्य गर्दा कसरी यौन आकर्षण कम हुन्छ सोच्न नसकिने कुरा हो।

अब अर्को पक्ष अर्थात् शारीरिक पक्षको विवेचना पनि गरौं। तपाईंलाई थाहै होला, भू्रण अवस्थाको ६ सातामा यसको विकास सुरु हुने भए पनि किशोरावस्थामा नपुगेसम्म केटीहरूमा स्तनको स्पष्ट विकास भएको देखिँदैन। इस्ट्रोजन र प्रोजेस्टेरोनजस्ता रागरसको प्रभावका कारण  १०-११ वर्षको उमेरमा स्तनको वृद्धि प्रारम्भ हुन्छ। स्तनको स्वरूप एवं आकारमा पर्याप्त विविधता पाइन्छ।

 यसमा भएको तन्तुका आधारमा कुनै ठूलो वा सानो हुन्छ। त्यसका साथै पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्किन सक्ने गुण अनि रागरसको प्रभावजस्ता थुप्रै कुराले स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्छ।

स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ।  किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र यसका तन्तुहरू पनि निकै खाँदिएका हुने भएकाले वयस्क उमेरका महिलाको भन्दा कडा हुन्छ। उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जानेे हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ। यहाँ कडापनको कुरा गर्दा विवाहित वा अविवाहित हुनुभन्दा पनि उमेर र स्तन विकास कुन चरणमा छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।

गर्भावस्थामा विशेष गरेर रागरस अर्थात् हार्मोनको प्रभावमा दूध बनाउने ग्रन्थिको विकास हुन्छ र स्तन पहिलेको भन्दा ठूलो हुन्छ। स्तनपानको कार्य सकिए पछि पुनः पुरानै अवस्थामा आउँछ। त्यस्तो स्थितिमा कतिपयलाई स्तन सानो भए जस्तो लाग्न सक्छ।

किन आकर्षक नलागेको ?

तपाईंले त पक्कै बुझ्नुभएको होला, स्तनपान नगराएकै कारण कुनै महिला आकर्षक हुने होइनन्। संसारमा स्तनपान गराएर पनि आकर्षक देखिएका महिला प्रसस्तै छन्। स्तनमा देखिएका स्वाभाविक परिवर्तनलाई लिएर अनावश्यक रूपमा गुनासो गर्नु बुद्धिमानी होईन। यही सन्दर्भमा के सोध्न मन लागेको छ भने तपाईको स्तनको स्वरूपलाई लिएर तपाईंको श्रीमान्ले गुनासो गर्नुको कतै अर्को कारण त छैन ? तपाईंले विशेष गरेर त्यसको यसो खोजी गर्नु हुन अनुरोध गर्छु। एउटा कुरा के भन्न चाहन्छु भने उहाँले तपाईंलाई साँच्चिकै माया गर्नु हुन्छ भने यसरी अनावश्यक रूपमा गुनासो गर्नु हुने थिएन।

स्तन आकर्षक देखाउने उपाय

अचेल शरीरचाहिँ अति पातलो तर स्तनचाहिँ ठूलो हुनुपर्ने अपेक्षा गरिन्छ। छापा, चलचित्र वा टेलिभिजनमा देखिएका कतिपय कुराको सत्यता विचार नगरी त्यसकै पछाडि लाग्नु हुँदैन। भाग्यवश स्तन खुला राख्नु नपर्ने अङ्ग भएकाले यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ। आफ्नो थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नु नै सबैभन्दा सजिलो तथा सस्तो उपाय हो। त्यसबाहेक अलिक बढी खर्च गरेर यस्तै वस्तुहरू प्रयोग गर्न सकिन्छ।  स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्छ र सुन्दरतामा वृद्धि हुन्छ।

स्तनमा लगाउने क्रिम अनि पम्पले स्तनको आकार बढाउने दाबी गरिएको छ, तर यसले स्तनको आकार तथा नापमा पार्ने स्थायी प्रभावका सम्बन्धमा अझै केही विवाद छ। शल्यक्रिया गरेर स्तनको आकार बढाउनु एउटा अर्को उपाय हो, तर शल्यक्रिया गर्नुभन्दा पहिले धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ, किनभने यो विधि खर्चिलो मात्र होइन, यसका नकारात्मक प्रभाव पनि हुन सक्छ।

अन्त्यमा के भनौं भने धेरैजसो परिस्थितिमा आफ्नो जीवनसाथीको शारीरिक स्वरूपलाई अनावश्यक रूपमा गुनासो गरेर त्यसलाई परिवर्तन गर्न खोज्नुभन्दा यथार्थतालाई स्वीकार गर्नु श्रेयस्कर हुन्छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment