अर्थमन्त्री रामशरण महतले आर्थिक वर्ष ०७१/७२ का लागि पेस गरेको बजेटमा तलब वृद्धिका साथै, कर्मचारीले खाईपाई आएको ग्रेड रकम समेत वृद्धि गरिएको घोषणा गरेका थिए । यसअघि कर्मचारीले बुझ्दै आएको मासिक एक हजार मँहगी भत्ता समेत यथावत राखिएको छ । अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागु हुने गरी सरकारी सेवामा कार्यरतहरुको नयाँ तलवमान र अन्य सुविधाबारे सम्बन्धित सबै निकायलाई पत्राचार गरी जानकारी गराएको छ ।
नयाँ तलवमान अनुसार उपराष्ट्रपतिले ८६ हजार ४ सय २०, प्रधानमन्त्रीले ६१ हजार ८ सय २०, सभामुखले ५३ हजार ८ सय ५०, प्रधानन्यायाधीशले ५८ हजार ९ सय ४० रुपैयाँ मासिक तलब बुझ्नेछन् ।
निजामति तर्फे ग्रेड र भत्ता बाहेक मुख्य सचिवले ४३ हजार ६ सय ७०, विशिष्ठ श्रेणीकाले ४१ हजार १ सय ३०, सह सचिवले ३२ हजार १ सय २०, उप सचिवले २७ हजार ३ सय ७० र अधिकृतले २४ हजार ४ सय रुपैयाँ तलव पाउनेछन् ।
राजपत्र अनंकित तफ प्रथम श्रेणी(नायब सुब्बा)ले १८ हजार ८००, द्वितिय श्रेणी(खरिदार)ले १७ हजार ७ सय ३० रुपैयाँ सुरुको तलव प्राप्त गर्नेछन् । शिक्षा, स्वास्थ्य, निजामति र सुरक्षा सहित अन्य निकायको विभिन्न तह अनुसार कस्को कति तलब जान्नका लागि तलको लिंकमा क्लिक गरि विस्तृतमा पढ्नुहोस ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment