Thursday, May 11, 2017

भक्तपुर र मकवानपुरमा शक्तिशाली विष्फोट

हेटौँडा, २९ वैशाख । स्थानीय तहको निर्वाचन मिति आउन दुई दिन बाँकी मात्रै रहेका बेला निर्वाचनलाई लक्षित गरेर अपरिचित समूहले भक्तपुर, मकवानपुरसहितका जिल्ला शक्तिशाली बम विष्फोट गराएका छन् ।

स्रोतका अनुसार अपरिचित समूहले शुक्रबार बिहान करिव पाँच बजे मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको भोलटार बुथ नजिकै दुई वटा शक्तिशाली वम विष्फोट गराएको हो । विष्फोटबाट मानवीय क्षति भएको छैन ।

त्यसैगरी, थाहा नगरपालिकाको पालुङ बजार जजिकै पनि अपरिचित समूहले शक्तिशाली बम विष्फोट गराएको छ ।

बम विष्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । यद्यपि, सो विष्फोटन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गराएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

विष्फोटमा संलग्नहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यता, भक्तपुरमा पनि शुक्रबार बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताको घर अगाडि सिलिण्डर बम विस्फोट भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित राप्रपाका नेता माधव खत्रीको घरअगाडि सडकमा बिहान ३ बजेतिर सिलिण्डर बम विस्फोट भएको हो ।

बम विस्फोटबाट खत्रीको घरका सिसा फुट्नुका साथै कम्पाउण्डको पर्खाल समेत ढलेको छ । बलमे खत्रीको घरसँगै रहेको ओम प्रधानको घरमा पनि क्षति पुगाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment