Saturday, May 27, 2017

ओलीले चेतावनी दिँदै भने, ‘मिलेर नआउने हो भने उनीहरूको सर्वनाश हुन्छ’

 पोखरा, १३ जेठ । एमालेका अध्यक्ष केपी ओलीले दोस्रो चरणको चुनावमा पनि एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकामा विजयी सभामा सहभागी हुन शनिबार पुगेका ओलीले स्थानीय तहको निर्वाचनसँगै प्रदेश र केन्द्रको चुनावमा पनि बहुमत ल्याएर एमाले सरकारको नेतृत्व गर्ने बताए ।

उनले तराईका जिल्लाहरूमा पनि एमालेको बहुमत आउने दाबी गरे । ओलीले ओली भने, ‘एमाले तराईमा छैन भन्नेहरूले दोश्रो चरणको चुनावको नतिजा आएपछि थाहा पाउँछन् ।’

एमालेमा लहर आएका कारण त्यसलाई रोक्न अरु दलहरू लागेको ओलीको आरोप थियो । ‘एमालेलाई हराउन सकेनन् र सक्दैनन् । यदि मिलेर नआउने हो भने उनीहरूको सर्वनाश हुन्छ ।’

एमाले अध्यक्ष ओलीले राष्ट्रिय जनता पार्टी नेपाललाई देखाएर दोस्रो चरणको निर्वाचन सार्ने प्रयास भइरहेको बताए ।

अध्यक्ष ओलीले एमाले पार्टी अब बहुमत ल्याएर मात्र सरकारमा जाने बताए । उनले दलहरूबीच सहमति भए जे पनि हुन सक्ने बताए ।

एमाले समय आएपछि आफैं सरकारमा जाने भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘एमाले अहिले सरकारमा जाँदैन, जस्केला सस्केलाबाट सरकारमा जाने एमाले होइन ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment