Saturday, May 27, 2017

थायरायड भएको कसरी थाहा पाउने ?

काठमाडौं । थायराइड मानव शरीरमा पाइने एंडोक्राइन ग्लैंडमध्ये एक हो । थायरायड ग्रंथि गर्दनमा श्वास नलीभन्दा माथि स्वरयन्त्र दुबै भागमा रहेको हुन्छ । यसको आकार पुतलीको आकारमा हुन्छ । यसले थाइराक्सिन नामक हार्मोन बनाउँछ । जसले शरीरको ऊर्जा क्षय, प्रोटीन उत्पादन एवं अन्य हार्मोनमा हुने संवेदनशीलतालाई नियन्त्रित गर्छ ।

सुरुवाती दिनमा सरल रुपमा थायराइडको कुनै पनि लक्षण थाहा हुन नसक्छ । यसको पहिचान हुँदासम्म यसले ठूलो रुप लिइसकेको हुन्छ ।

कब्जियत

थाइराइड हुँदा कब्जियतको समस्या हुने गर्छ । खाना पचाउन समस्या हुन्छ । खानेकुरा सजिलै निल्न सकिँदैन । त्यसले गर्दा शरीरको तौलमा असर गर्छ ।

हातखुट्टा चिसो हुनु

थाइराइड भयो भने व्यक्तिको हातखुट्टा चिसो हुने गर्छ । मानव शरीरको तापमान सामान्य यानी ९८.४ डिग्री फारेनहाइट (३७ डिग्री सेल्सियस) हुन्छ । तै पनि व्यक्तिको शरीर चिसो हुने गर्छ ।

प्रतिरोधत्मक क्षमता कमजोर

थाइराइड भयो भने शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । इम्यून सिस्टम कमजोर हुँदा थुप्रै रोग लाग्न सक्छ ।

थकान

थाइराइडको लक्षणका क्रममा छिट्टै थकान महशुस हुन्छ । उसको शरीर सुस्त हन्छ । थाइराइड भएको व्यक्ति अल्छी हुनुका साथै शरीरको ऊर्जा समाप्त हुन थाल्छ ।

अनुहार सुख्खा हुनु

थाइराइडबाट पीडिट व्यक्तिको अनुहार सुख्खा हुन्छ । त्वचामा रूखोपना आउँछ । त्वचाको माथिको भाग सेललाई क्षति हन्छ । अन्त्यमा त्वचामा सुख्खापना आउँछ ।

रुघा

थाइराइड भयो भने व्यक्तिलाई रुघा लाग्ने गर्छ । यो सामान्य रुघाभन्दा अलग हुन्छ । यस्तो रुघा सञ्चो हुँदैन ।

डिप्रेशन

थाइराइडको समस्या भयो भने व्यक्ति सधैँ डिप्रेशनमा रहन्छ । उसलाई कुनै पनि कुरामा मन लगाएर काम गर्न मन लाग्दैन । दिमागको सोच्ने र सम्झने शक्ति कमजोर हुन्छ । या दगर्ने क्षमता पनि ह्रास हुन्छ ।

कपाल झर्ने

थाइराइड हुँदा व्यक्तिको कलाप झर्ने समस्या देखिन्छ । टाउको कपाल झरेर टाउको कपाल बिहीन हुन्छ । साथै आँखी भौँ पनि झर्ने हुन्छ ।

मांसपेशी दुख्ने

मांसपेशी र जोड्नी दुख्ने कुरा पनि थायराइडको समस्याको लक्षणका रुपमा लिनु सकिन्छ ।

वंशाणुगत

यदि तपाईको परिवारमा कसैलाई थायराइडको समस्या छ भने त्यो समस्या तपाईलाई पनि हुन सक्छ ।

शारीरिक र मानसिक विकास

थाइराइडको समस्या भयो भने शारीरिक वा मानसिक विकासमा समस्या आउन सक्छ । शरीरको विकास अत्यन्तै सुस्त गतिमा हुन्छ ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment