Tuesday, May 2, 2017

लूट २ चलचित्रको ठमेल बजार… गीतकी मोडल एलिसा राईको अर्को हट भिडियो

काठमाडौं, १९ वैशाख । ‘लुट २’ चलचित्रबाट ठूलो पर्दामा डेब्यु गरेर एकाएक चर्चाको शिखरमा पुगेकी मोडल एलिसा राईको अर्को नचाउने गीत सार्वजनिक भएको छ ।

अन्जु पन्त र शिव भुषालको आवाजको हालै सार्वजनिक गीत ‘किन तानेको मेरो पछ्यौरी मखमलीको…’ बोलको यस गीतमा हट एलिसालाई पहिलो पटक चर्चित मोडल तथा नायक पुष्पल खड्काको साथमा देख्न सकिन्छ ।

छेडखानी गर्ने रोमान्टिक यो गीतलाई लेखेका हुन् गीतकार तथा गजलकार नृपेश उप्रेतीले भने संगीत पछिल्लो समयका व्यस्त अनि चर्चित संगीतकार अर्जुन पोखरेलको छ ।

सुब्रत आचार्यले निर्देशन गरेको यो गीतमा इन्डिया डान्सबाट चर्चामा आएका सुनील क्षेत्रीको कोरियोग्राफी रहेको छ । त्यसैगरी अर्जुन तिवारीको आकर्षक छायांकन तथा भरत रेग्मीको चुस्त सम्पादन रहेको छ ।




Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment