नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकामा बिहीबार गरेको वृहत्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओली कांग्रेस-माओवादीमाथि कडा ब्यंग्य गर्नुभएकाे हाे ।‘राष्ट्रिय एकता र अखण्डतालाई कमजोर बनाउन लम्पसार परेकाहरूको घुँडामा टाटैटाटा परेका छन्’, माओवादी कांग्रेस गठवन्धन तर्फ कटाक्ष गर्दै ओलीले भन्भनुभयाे, ‘कांग्रेसले नाम्लो लगाएर माओवादीलार्इ बोकेर हिँडेको छ ।’
ओलीले सशस्त्र द्वन्द्वकालमा चितवनकै बाँदरमुढेमा ४० जना निर्दोष नागरिकको ज्यान जाने गरी माओवादीले गराएको नरसंहारको पनि स्मरण गर्नुभयाे। ‘बाँदरमुढे घटनाका घाइते अझै पनि यहीँ छन्, हजुरआमा भेट्न आउँदा टाँडीमा ढलाइएका कृष्ण अधिकारीकी आमा अझै अस्पतालमै छिन्’, उहाँले भन्नुभयाे , ‘माओवादीको भाटा खाएका कांग्रेस कार्यकर्ताका ढाडमा अझै पनि सुम्लाका डाम छन् ।’
ओलीले भरतपुर महानगरमा माओवादीसँग गरिएको गठबन्धनतर्फ इंगित गर्दै कांग्रेस कार्यकर्ताहरूलाई अब झोक्राएर नबस्न पनि आग्रह गर्नुभयाे । माओवादीले युद्धका नाममा नेपाली युवाहरुको भविष्य र समय बर्बाद बनाइएको भन्दै अध्यक्ष ओलीले त्यसतर्फ चनाखो बन्न कांग्रेस कार्यकर्तालार्इ आग्रह गर्नुभयाे । ‘अरुका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरी मेयर बनाउदै छन्’, ओलीले कटाक्ष गर्दै भन्नुभयाे , ‘त्यो पनि देउवाको विवेकलाई बन्धकी बनाएर ।’
सभामा एमालेका महासचिव र्इश्वर पोखरेल, स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डे, भरतपुर महानगरमा एमाले उम्मेदवार देवी ज्ञवाली, उपमेयरका उम्मेदवार दिब्या शर्मा र जिल्ला सचिव पार्वती रावलसहितले बोल्नुभयाे । अध्यक्ष ओलीले आजै पुर्वी चितवनको रत्ननगर, खैरहनी, र राप्तीको जनसभालार्इ पनि सम्बोधन गर्दैहुनुहुन्छ ।
साभार :- लाईट नेपाल डटकम बाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment