Monday, May 29, 2017

क–कस्ले रित्याए राज्यको ढुकुटी, एक एक को नामावली सहित

काठमाडौं । माओवादी सरकारले पहिलो चरणको स्थानीय निकाय चुनावलाई प्रभावमा पान सरकारी ढुकुटीबाट एकैदिन ७ करोड ६१ लाख रुपैयाँ कार्यकर्तालाई बाँढेको छ ।

 निर्वाचन आचारसंहिता लागू भएकै दिन २०७४ फागुन क१७ गते सरकारले ४ सय ५२ जनालालाई राज्यको ढुकुटीबाट रकम वितरण गर्ने निर्णय गरेको थियो ।

 नेपाली कांग्रेस र माओवादीका कार्यकर्तालाई राष्ट्रिय ढुकुटीबाट रकम वितरण गरिएको थियो । यसरी राज्यको ढुकुटीबाट आर्थिक लाभ लिनेमा अधिकांश कांग्रेस र माओवादीका कार्यर्ताहरु छन् । त्यस्तै केही राप्रपाका कार्यकर्ताले पनि रकम पाएका छन् ।

 स्थानीय निर्वाचन जित्नका लागि कांग्रेस–माओवादीले राष्ट्रको ढुकुटी दुरुपयोग गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यो कुरा जनतासामु लैजान सकेको छैन ।

 माओवादी कांग्रसले गाउँपालिका वा नगरपालिका प्रमुख उपप्रमुखमा उम्मेद्वारी दिनेलाई चुनाव खर्चकै रुपमा आर्थिक साहयता बाँढेको समेत फेला परेको छ । राममेछापको लिखु गाउँपालिका अध्यक्ष पदमा उम्मेद्वारी दिएका धु्रवकुमार कार्कीलाई २ लाख दिइएको छ । आर्थिक सहयोग लिनेमा महिला तथा बालबालिका मन्त्री कुमार खडेका पनि छन् । उनले ५ लाख आर्थिक सहयोग लिएका छन् । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment