Monday, May 22, 2017

कलंकीमा कोठामा बोलाएर युवतीसँग शारीरिक सम्पर्क राख्दा…

जबरजस्तीकरणीको अभियोगमा दुई युवक पक्राउ

काठमाडौँ, ८ जेठ । जवरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने मोरङ सिजुवा –८ घर भएका २९ बर्षीय राजेन्द्र पोखरेल र मोरङ बिराटनगर उपमहानगरपालिका घर भई सोही ठाउँ डेरा गरी बस्ने २४ बर्षीय अग्रज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखरेलले गत बैशाख ३१ गते रामेछाप बेथान–५ घर भई काठमाडौँ गोकर्णेश्वर बस्ने २० बर्षीया महिलालाई आफ्नो डेरा कोठामा लगेर जबरजस्ती करणी गरेको र चौधरीले समेत जेठ १ गते ती महिलालाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भनी जेठ ७ गते प्रहरी वृत्त कालिमाटीमा निवेदन दिए पश्चात खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment