अमालका अनुसार सधैँ झैं त्यो रात पनि लादेन परिवारले खाना खाएर भाँडाकुडा माझेपछि नमाज पढेको थियो। नमाज पढेर लादेन पत्नीसहित माथिल्लो तलामा रहेको शयन कक्षमा गएका थिए। तीन पत्नी र छोराछोरीसँग लादेन त्यो घरमा बस्दै अाएका थिए। करिब ११ बज्दा लादेन गहिरो निद्रामा थिए। पाकिस्तानको अबटावादमा लादेन गोप्य रुपले बसेको त्यो घरमा केहीबेरमा झ्याप्पै बिजुली गयो। लोडसेडिङ भइरहने पाकिस्तानमा यो कुरालाई सबैले सामान्य रुपमा लिए। तर मध्य रातमा अचानक आमल ब्यूझिइन्। उनले केही आवाज सुनिन्। झ्यालबाट कोही माथि चढिरहे जस्तो लाग्यो। मनमा चिसो पस्यो। एकछिनमा आवाज झन चर्को भयो। यो कुरा उनले लादेनलाई भनिन्।
पत्नीको कुरा सुनेर उनी उठे। लादेनको अनुहारमा डर देखिन्थ्यो। उनले अमाललाई अँगालो हाले। अमालले भनिन्– हाम्रो माथि केही हिंस्रक चिज घुमिरहेको छ। उनीहरु त्यहाँबाट भाग्न खोजे। अचानक घरका ढोका थर्थराए। अँध्यारोमा बाल्कोनीबाट भित्र जान खोज्दा अमेरिकी सेनाको एक हेलिकोप्टर घर नजिकै आइसकेको थियो। केहीबेरमा अर्को हेलिकोप्टर पनि त्यहाँ पुग्यो। त्यसपछि अमेरिकी सेनाको स्पेशल टिम एकीकृत भयो। त्यतिबेला अमाललाई कसैले आफूहरुलाई धोका दिएको जस्तो लाग्यो। ‘वर्षौंदेखि यही घरमा बसिरहेका हाम्रा बारेमा कसैले भनिदिएको हुनुपर्छ नत्र उनीहरुले हाम्रो घर पत्ता लगाउन सक्दैनथे’, उनले भनिन्। अमेरिकी सेना घरसम्मै आइपुगेको थाहा पाएपछि लादेनले अमाललाई बच्चालाई लिएर तल्लो तलामा जान भनेका थिए। उनले पत्नीलाई भनेका थिए– यिनीहरु मलाई मार्न चाहन्छन्, तिमीहरुलाई होइन।
तर अमालले लादेनको कुरा मानिनन्। छोरा हुसेन र आफू पनि लादेनसँग बस्छु भनिन्। हेलिकोप्टरको आवाज झन् नजिक आयो। घर हल्लिएजस्तो भयो। लादेन र अमालले एक अर्कालाई बेस्सरी अंगालोमा कसे र बाल्कोनीमा लुके। त्यो रात आकाशमा चन्द्रमा थिएन्। बत्ती पनि गएकाले चारैतिर अँध्यारो थियो। सेहम र खालिद अमेरिकी सैनिक नजिक आइरहेको हेरिरहेका थिए।
यस्तो हमला हुन सक्छ भन्ने अनुमान पनि नगरेका लादेनले खालिदलाई बोलाए र बन्दुक ल्याउन भने। १४ वर्षका खालिद राम्ररी बन्दुक चलाउन भने सक्दैनथे। घरमा भएका अरु बच्चाहरु रोइरहेका थिए। यतिञ्जेल अमेरिकी सैनिक घरको माथिल्लो तलामा पुगिसकेका थिए।
कोठाभित्र पस्न लागेका अमेरिकी सैनिकलाई अमालले धकेल्न खोजिन्। तर उनको गोडामा गोली हानेर उनीहरु अघि बढे। त्यसपछि सबथोक सकिन धेरै समय लागेन। जब उनी कोठाभित्र गइन्। त्यतिबेला लादेन मरिसकेका थिए। अमेरिकी सैनिकले लादेनको शव बोकेर तल ल्याए।
साभार :- सेतो पाटि बाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment