Thursday, May 4, 2017

बच्चा कसरी बस्छ ? कति पटक भित्र झार्ने हो र कसरी ? जहिले पनि अलिकति वीर्य बाहिर निस्कनुको कारण के होला ?

प्रश्न :मेरो विवाह भएको चार महिना भयो । सम्भोग गर्दा वीर्य अलिकति बाहिर निस्कन्छ, भित्र बस्दैन । धेरै पटक यस्तो भैसक्यो । हामीले के गर्नुपर्छ ? बच्चा कसरी बस्छ ? कति पटक भित्र झार्ने हो र कसरी ? जहिले पनि अलिकति वीर्य बाहिर निस्कनुको कारण के होला ?

सन्तान कहिले ?
तपाईंहरू श्रीमान्–श्रीमतीले सल्लाह गरेर आफूले चाहेको बेला सन्तान जन्माउन सक्नुहुन्छ । विवाह भएको भर्खर चार महिना मात्र हुँदैछ । उमेर त लेख्नुभएको छैन, तर सन्तान जन्माउने हतार भएको हो वा होइन भन्ने कुरा पत्रमा स्पष्ट छैन । उमेरको कुरा गर्दा २० वर्षभन्दा पहिले सन्तान जन्माउनुलाई आमा र शिशुको स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन । परिवार नियोजनको अर्थ कहिले र कतिवटा सन्तान जन्माउने भनेर आफैंले लिइएको निर्णय अवलम्बन गर्नु हो तर बोलिचालीको भाषामा हामीले परिवार नियोजन गर्ने भन्नाले सन्तान नजन्माउने कुरा बुझ्छौं ।

सन्तान जन्माउन तपाईंसँग अध्ययन वा वृत्तिविकाससम्बन्धी प्राथमिकता के छन् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । विशेष गरेर सन्तान जन्माइसकेपछि उसको हेरचाहमा पर्याप्त समय र धन लगाउन आवश्यक हुन्छ । त्यसका लागि तपाईं तयार हुनुहुन्छ कि हुनुहुन्न, राम्रोसँग सोचविचार गर्नुपर्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment