Friday, May 26, 2017

यसकारण जरुरी छ यी तीन मन्त्रीलाई दोहोर्‍याउन

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट ओर्लिदै गर्दा उनको कामको प्रशंसा गर्ने सायदै कम थिए । १० महिना अघि प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा उनको काधमा बिसाइ नसक्नु भारी थियो । उनीप्रति विपक्षि दल नेकपा एमालेको व्यबहार उतिकै रुखो थियो । यो सबै चुनौतीकाबीच उनी जाँदा जाँदै सफल प्रधानमन्त्रीका रुपमा दर्ज हुन् सफल भए ।

प्रचण्ड सरकारले १८ घण्टासम्म अन्धकारमा बस्न बाध्य जनतालाई २४ सै घण्टा विधुत दिएर चमत्कारीक काम गरेको छ। बन्द भएका उद्योगलाई निरन्तरता दिन पनि प्रचण्ड नेतृत्वको सरकारले प्रोत्सान दिएको छ भने गरिवीका कारण उपचार नपाएर मृत्युुवरण गर्नुपर्ने बाध्यताबाट जनाताले केहि हदसम्म छुटकारा पाएका छन् ।

उनलाई सफल बनाउन सबैभन्दा ठूलो भूमिका खेले तीनजना मन्त्रीहरुले । ती हुन उर्जामन्त्री जर्नादन शर्मा, स्वास्थ्यमन्त्री गगनकुमार थापा र उद्योगमन्त्री नविन्द्रराज जोशी । जनमुखी काम गरेर जनातको मनमा बस्न सफल यी तीनमन्त्रीलाई पुनः अर्को कार्यकालका लागि पनि दोर्होउनु पर्ने जनस्तरबाट आवाज उठ्न थालेको छ ।

स्वास्थ्य मन्त्री गगन थापाले यो दश महिनाको छोटो अविधिमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेका छन । मृगौला रोगबाट पिडीत जनतालाई निशुल्क प्रत्यारोपण गर्नेदेखि मुटुको भल्व निशुल्क फेर्नेसम्मका काम उनले गरेका छन । यति मात्रै नभएर गाउँमा जान नमान्ने शहरमा थुप्रिएका चिकित्सकलाई गाउँ–गाउँमा पठाउने नीति पनि लागू गराएर छाडेका छन।

पाठेघरको रोगबाट पिडीत महिलाको लागि निशुल्क शल्यक्रिया गर्ने देखि जनताको पहुँच नभएको प्रहरी अस्पताल र सैनिक अस्पतालमा सर्वसाधारणको चेकजाँच गर्ने नीति ल्याएर उल्लेख्य काम गरेका छन ।

उधोग मन्त्री नविन्द्रराज जोशीले पनि उल्लेख गर्ने लायकको काम गरेका छन । जोशीले यो छोटो अविधिमा सबैभन्दा ठूलो काम लगानी सम्मेलन गरेर देशी विदेशी लगानीकर्तालाई लगानीको वाताबरण बनाईदिएका छन । बन्द भएका उधोगलाई खुलाउन प्रोत्सान गर्नेदेखि बन्द भएको औषधि उधोग खोल्ने काम गरेर प्रशंसनीय काम गरेका छन ।

त्यस्तै उर्जा मन्त्री जनार्धन शर्माले त चमत्कार नै गरे भन्दा पनि फरक नपर्ला ।१८ घण्टासम्म अध्यारोमा बस्न बाध्य नेपालीलाई २४ सै घण्टा बत्ति दिएर उनले आमनागरिक आश्चर्य चकित बनाए । उज्याले अभियान, जनताको पानी जनताकै लगानी जस्ता नारा बोकेर उनी अध्यारो युग बोकेर अध्यारो युगको सम्प्त गर्न सफल भएका छन् ।

तर, उनी पदबाट बाहिरिए पछि फेरी मुलुकमा अध्यारो त फर्किने होइन भन्ने आशंकाले पनि जनतालाई पिरोल्न थालेको छ । उनको बर्हिगमनसंगै लोडसेडिङ्ग चाहने तत्वहरु सक्रिय हुने हुन की भन्ने आशंका उतिकै छ । त्यसैले जनताले जर्नादन जस्ता मन्त्रीलाई नयाँ बन्ने सरकारमा पनि निरन्तरता दिनु पर्ने आवाज उठान थालेका छन् ।

प्रचण्डले राजीनामा दिएसंगै कुनै अप्रिय घटना नभए लगभग ८–१० दिनपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का छ । देउवा सजिलो अवस्थामा प्रधानमन्त्री बन्न लागेका छैनन् । उनले थुप्रै चुनौतीका पहाड चड्नु पर्ने छ । उनलाई चुनौतीको पहाड चड्न र सरकार प्रति जनताको भरोसा वृद्धि गर्न जर्नादन शर्मा, गगन थापा र नविन्द्रराज जोशीजस्ता मन्त्रीलाई दोर्होयाउनै पर्छ । यो जनातको माग हो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment