Monday, April 10, 2017

पायोनियर स्कुलको वार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न


काठमाडौँ – कपन, हेण्डबलसंगै रहेको पायोनिय पब्लिक स्कुलले १९औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । शनिबार आफ्नै प्रांगनमा गरिएको कार्यक्रममा स्वास्थ्य मन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो भने कार्यक्रममा अभिभावको बाक्लो उपस्थिति रहेको थियो ।

 स्कुलका प्रिन्सिपलहरु तथा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।कार्यक्रममा गायक दिपक लिम्बु, लोक गायक राजन ठकुरीले आफ्ना गीतहरुबाट उपस्थित व्यक्तिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । यसै गरी निरु खड्का (ठ्यास कुमारी), सिता देवी घिमिरेले आफ्नो प्रहशनबाट मनोरञ्जन दिएका थिए । मोटिभेटर रविन कटुवालले उपस्थित अभिभाव तथा विद्यार्थीहरुका लागि ठुलो मान्छे हैन, असल मान्छे कसरी बन्ने ? भन्ने विभिन्न कुराहरुमा उत्प्रेरणा प्रदान गरेका थिए भने अध्यनरत विद्यार्थीहरुले आफ्नो अभिभावक तथा उपस्थित व्यक्तिहरुलाई आफ्नो कलाकारीता मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

१९औँ अभिभावक दिवस, सम्मान कार्यक्रम, वार्षिक उत्सव तथा विविध साँस्कृतिक कार्यक्रम नामक दिइएको कार्यक्रममा समाजलाई योगदान पुर्याएका व्यक्तित्वहरु तथा स्कुलमा लामो समय देखि कार्यरत शिक्षिकालाई सम्मान गरिएको थियो । नेपालको पहिलो नायिका भुवन चन्द, केटिएम खबरका पत्रकार श्याम कार्की, समाजसेवी अक्कल तामाङ, ९२ बर्षिय जेष्ठ नागरिक डमर कुमार कार्की, ८० बर्षिय जेष्ठ नागरिक लक्ष्मन पौडेल, चाईल्ड नेपाल, १३ बर्ष देखि कार्यरत शिक्षिका अम्बिका थापा, १२ बर्ष कार्यरत शिक्षिका सुष्मा बुढाथोकि र ८ बर्ष कार्यरत शिक्षिका देवका पोखरेललाई सम्मान गरिएको हो ।

कार्यक्रममा बौल्दै मन्त्री थापाले अध्यनरत बालबालिकाहरुको हितका पायोनियर अगाडी बढिरहेको छ । भोलीका दिनहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नै छुट्टै पहिचान बनाउनेमा विश्वास व्यक्त गरे ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment